arrow

'न त पोथी न भाले' भनेपछि राप्रपाका कार्यकर्तालार्इ राम धुलार्इ गर्‌‍यो एमालेले 

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
CPNUML_RPP.png

काठमाडौं । काठमाडौं र ललितपुरमा एजेण्डामा आकाश जमिनको भिन्नता हुँदाहुँदैपनि चुनावी तालमेल गरेका प्रतिपक्षी दलहरु नेकपा एमाले र राप्रपाका कार्यकर्ताहरु बुधबार मकवानपुरको भीमफेदी गाउँपालिकामा कुटाकुट गरेका छन् । 


भीमफेदी गाउँपालिका ८ साविकको पञ्चकन्या गाविसमा पञ्चकन्या मावि मतदान केन्द्र नजिकै बुधबार नेकपा एमालेको भीमफेदी गाउँपालिकाको चुनावी सभाको लागि नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नं २ का सांसद् सुभास चन्द्र ठकुरी सहितको टोली त्यसैतर्फ जाँदै थियो । 


त्यत्तिकैमा एमालेका कार्यकर्ता र राप्रपाका कार्यकर्ताबीच जम्काभेट भएको थियो । यसरी विपरित दिशाबाट आउँदैगरेका राप्रपाका कार्यकर्ताहरुले एमालेलाई नै न त पोथी नभाले भन्ने नारा लगाउँदै आएको सुनेपछि एमाले कार्यकर्ता पनि आक्रोशित भएका थिए । 


उनीसँगै गएका भीमफेदी गाउँपालिकाबाट एमालेका अध्यक्षका उम्मेदवार हिदम लामा र उपाध्यक्ष सहित पार्वती राना सहितका टोली त्यहाँ पुग्दा झडप भएको हो । सो झडपमा एमालेका कार्यर्ताले राप्रपाका कार्यकर्ता माथि आक्रामण गरेका थिए । सो घटनामा राप्रपाका आधा दर्जन बढी कार्यकर्ता घाईते भएका छन् । 


झडपपछि क्षतिपूर्ति लगायतको माग राख्दै सांसद् ठकुरीलाई स्थानीयले डेढ घण्टा नियन्त्रणमा लिएका थिए । पछि ठकुरीलाई सिस्नेरी भीमफेदीबाट प्रहरी बोलाएर उनीहरुको कब्जाबाट बाहिर निकालिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ