arrow

काँगेसका उम्मेदवारहरुले महानगर (मेट्रो) टेलिभिजन संचालन गर्ने

logo
प्रकाशित २०७४ वैशाख २७ बुधबार
narendra-nc-mahanagar.jpg

काठमाडौं। नेपाली काँगेसका उम्मेदवारहरुले महानगर (मेट्रो) टेलिभिजन संचालन गर्ने घोषणा गरेका छन् । बुधवार वडा नं २१ सबल बहालमा नेपाली काँगेस वडा अध्यक्ष उम्मेदवार गोविन्द रञ्जितको टिमले टेलिभिजन संचालन गर्ने घोषणा गरेका हुन् । 

संचारकर्मी एवं वडा सदस्यका उम्मेदवार नरेन्द्र मानन्धरले सहकारी वा सामुदायिक मोडेलमा टेलिभिजन संचालन गर्न बताए । वडा महिला सदस्यका उम्मेदवार शान्ति कमार्चाय र सदस्य जगदिश नेपाली वडाका युवा, महिला, बृद्ध वृद्धाहरु प्रति लक्षित कार्यक्रमहरु ल्याउने बताए । 

सोहि अवसरमा  स्थानिय करिब २० जना युवाहरुलाई वडा ईकाइ समितिका अध्यक्ष रञ्जितले नेपाली काँगेसको सदस्यता दिएका थिए । यस अघि तरुण दल, नेपाल महिला संघ र लोकतान्त्रिक नेवाः खलको सहभागितामा चुनावी घरदैलो कार्यकम गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ