arrow

भारतको भरतपुरमा वैवाहिक घर ढल्दा २५ जनाको मृत्यु, २५ भन्दा बढी घाइते 

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
bharatpur-india.jpg

भरतपुर । भारतको राजस्थानस्थित भरतपुरमा बुधबार राति आँधीबेहरीले एक वैवाहिक समारोह गर्ने घरको पर्खाल ढलेर २५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २५ भन्दा बढी घाइते भएका छन् ।

स्थानीय समयअनुसार राति १०ः३० बजे खाना खाइरहेका बेलामा अचानक आँधीबेहरीसहित आएको बर्षाले आत्तिएका उनीहरु पर्खालको सहारामा उभिएका अवस्थामा पर्खालै ढलेपछि च्यापिएर मारिएका हुन् । 

मृत्यु भएकामा पाँच बालबालिका र आठ महिलासमेत छन् । 

अन्नपूर्णा म्यारिज होममा सो समयमा करीब ८०० जना मानिस रहेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ