arrow

मेयर उम्मेदवार कुवँर पुत्रको दृढता : पोखरा महानगरलाई खेलकुद सिटी बनाउन मरिमेट्‍छु

बेलायती क्लबलाई पोखरा ल्याएर क्रिकेट खेलाउने भूमिका प्रशान्तकै

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
pokhara-lekhnatha-metro.png

पोखरा। आफैमा सुन्दर पोखरा अब राजनीतिक दृष्टिकोणले समेत महत्वपूर्ण ठहरिएको छ। कारण अब पोखरा नगर, उपमहानगरमा सिमित रहेन। अब त महानगर भयो। काठमाडौंपछि दोस्रो आकर्षक सिटी। वैशाख ३१ गतेको स्थानीय तह महाअभियाबाट पोखरा लेखनाथ महानगर हाँक्ने व्यक्तिको खोजी हुुँदै छ।

पोखरा अब स्पमार्ट पर्यटकीय सिटी मात्र होइन, खेलकुद सिटी नै बन्नेछ। तर, कसरी ? जुन् महाअभियानमा जुटेका छन् नेपाली काँग्रेसबाट पोखरा लेखनाथ महानगरका मेयरका उम्मेदवार रामजी कुवँरका छोरा प्रशान्त कुँवर । आफनो बुबालाई महानगरको मेयर बनाएर त्यो सपना पूरा गर्ने सोंच छ उनको।

पोखरा आफैँमा सुन्दर नगरी हो। अन्तर्राष्ट्रिय शहरसँग जोड्ने बलियो माध्यम भने खेलकुद हुनेछ, उनले भने– ‘खेलकुदको लागि पोखरा वातावरणीय हिसावले पनि उपयुक्त छ । कमी भनेको भौतिक पुर्वाधार हो।’ भौतिक पूर्वाधार तयार गर्न सके वर्षेनी लाखौं पर्यटक पोखरा भित्रिने कुवँरले बताए। कुवँरले खेल पर्यटन हबको बढी नै सम्भावना रहेको बताए।

नेपाली काँग्रेसले समेत सुविधासम्पन्न भौतिक संरचना बनाएर पोखरालाई अन्तर्राष्ट्रिय खेल पर्यटनको हब बनाउने लक्ष्य लिएको छ। प्रशान्त काँग्रेसबाट मेयरमा उम्मेदवारी दिएका बाबु रामजी कुँवरको चुनावी प्रचारमा व्यस्त छन्। ‘महानगरमा आधुनिक रंगाशाला र अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने हाम्रो लक्ष्य हो।’ मेयरका उम्मेदवार कुँवर भन्छन्–‘काँग्रेसले जित्यो भने पाँच वर्षभित्र खेलकुदका सबै पूर्वाधार तयार गर्छौ।’ स्थानीय तहका पदाधिकारीको कार्यावधि पाँच वर्ष हुने भएकाले एकै कार्यकालमा खेलकुदका सबै पूर्वाधार तयार भए यो आश्चर्य हुनेछ ।

काँग्रेसले महानगरका उपयुक्त स्थानहरुमा खेलकुदको आवश्यक पुर्वाधार तयार गर्ने प्रतिवद्धता जनाएको छ। ‘पोखरा हरेक खेलका लागि उपयुक्त गन्तव्य हो।’ उनले थपे– ‘अबको पाँच वर्षभित्र शहर खेलकुदमय बन्ने छ।’ आईतबार पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ। काँग्रेसले मेयरमा रामजी कुवँर र उपमेयरमा सरस्वती गुरुङलाई उम्मेदवार बनाएको छ।

पोखरामा खेल र खेलकुद कसरी जाग्यो ?
पोखरा पछिल्लो समय खेलकुद शहरको पहिचान बनाउँदै छ। साहसिक पर्यटन प्याराग्लाइडिङ, जीप फ्लायर, बन्जी जम्प, रक क्लाइम्बिङ, क्यान्योनिङ, हाईकिङ र जलयात्राको लागि उपयुक्त गन्तव्यको रुपमा विकास भएको पोखरामा फुटबल, क्रिकेट, गल्फले समेत वर्षेनी आन्तरिक तथा बाह्य पर्यटकलाई तानिरहेको छ।  वर्षेनी आयोजना गरिने विश्वकप स्तरीय प्याराग्लाइडिङ च्याम्पियनसिपले पोखराको पर्यटनमा आयाम थपिदैं गएको छ।

खेलकुद मार्फत पर्यटकीय आकर्षण बढिरहेपनि पोखरामा खेल पर्यटनको लागि आवश्यक पुर्वाधार भने बन्न सकेको छैन। पोखराको समृद्धिका लागि खेलकुद महत्वपूर्ण ठहरिने विज्ञहरु बताउँछन्। यद्यपि, यसको प्रयोग भने हुन सकेको छैन। जानकारहरु भन्छन्, ‘अन्तर्राष्ट्रियस्तरको क्रिकेट पवेलियन, फुटबल प्यारापिट निर्माणको आवश्यकता छ।’ नेपाली काँग्रेस कास्कीले स्पोर्टस टुरिज्मलाई महत्वपूर्ण अभियानको रुपमा उठाएको छ। स्थानीय तहको चुनाव नजिकिएसँगै काँग्रेसले मुख्य एजेण्डाको रुपमा खेलकुदलाई देखाएर मत मागिरहेको छ।

गत वर्ष पोखरा रंगशालामा बेलायतसँगको सम्बन्ध दुई सय वर्ष पूरा भएको अवसरमा मैत्रीपुर्ण क्रिकेट आयोजना भयो। बेलायतको मेर्लिबोन क्रिकेट क्लबसँग सन् २०१५ डिसेम्बरको मध्यमा पोखराले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता खेल्यो। मेर्लिबोन क्रिकेट क्लबलाई पोखरासम्म ल्याउने जिम्मेवारी भने प्रशान्त कुँवरकै थियो।

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेटको सम्भावना देखेर नै उनले व्यक्तिगत रुपमै समन्वय गरी पोखरासम्म अन्तर्राष्ट्रिय क्लबलाई भित्र्याए। क्रिकेटकै माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्नु उनको ध्येय हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ