arrow

काठमाडौंमा माओवादीले जिते हडपिएका सरकारी जग्गा फिर्ता गराउने

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
Election_logo_Maoist-750-1-750.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका काठमाडौं महानगरपालिका वडा नं ३ का उम्मेदवारहरुले संयुक्त रुपमा स्थानीय एजेण्डामा नै आफूहरु केन्द्रीत रहेको बताएका छन् । उनीहरुले सरकारी जग्गा २० रोपनी भन्दा बढी व्यक्तिको नाममा गराईएको भन्ने सूचना र प्रमाण समेत आईसकेकोले आफूहरुले जितेको खण्डमा त्यस्ता जग्गाहरु तत्काल सरकारको नाममा फिर्ता गरिने दाबी वडाका सबै सदस्यहरुले गरेका छन् । 
 
त्यस्तै, ऐतिहासिक रानीबारी बनलाई आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्यको रुपमा अघि बढाउने, वर्षाैदेखि अव्यवस्थित रुपमा रहेका र टुटेफुटेका ढलहरुलाई विस्थापित गरेर नयाँ ढलहरुको निर्माण गर्ने, यहाँ रहेका २० विद्यालय, ४ वटा अस्पताल लगायतमा यहाँका स्थानीयलाई नै रोजगारीको सुनिश्चितता गरी यहाँका ३५ प्रतिशत स्थानीय युवाहरुलाई रोजगारीको सिर्जना गराउने, वर्षौदेखि समस्याको रुपमा रहेको सुकुम्बासी बस्तीहरुलाई व्यवस्थापन गर्ने, ढल बगिरहेका खोलाहरुमा शुद्ध पानी बगाउन अभियान सञ्चालन गर्ने लगायतका एजेण्डाहरु उनीहरुले प्रस्तुत गरेका छन् । 

त्यस्तै, अहिले अधिक रुपमा देखिएको महिला हिंशा र दूव्र्यसनको समस्यालाई आफूले चुनाव जितेको ३ महिनाभित्र अन्त्य गर्ने र महिला हिंशा मुक्त वडा बनाउने अभियान सञ्चालन गर्ने पनि माओबादीको एजेण्डा रहेको छ । 

माओवादीबाट ३ नं वडा अध्यक्षमा सुरेन्द्र केसी, वडा सदस्यहरुमा कृष्णकुमार तिमल्सिना, धर्म महर्जन, शर्मिला तामाङ र इन्दिरा पुर्कुटीको उम्मेदवारी परेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ