arrow

मुलुकले छिटो निकास पाउनेमा विश्वस्त छु : उपराष्ट्रपति पुन

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
pasang.jpeg.jpeg
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले वर्तमान सङ्कटबाट मुलुकले छिटो निकास पाउने विश्वास व्यक्त गर्नुभएको छ । मुलुकको समस्या समाधानका लागि पहलकदमी लिन आग्रह गर्दै रिपोर्टर्स क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले भन्नुभयो –“मुलुकले सङ्क्रमणकालीन अवस्थाबाट निकास पाई नयाँ अवस्थामा जाँदा अप्ठ्यारो स्थितिबाट गुज्रनुपर्छ, यो विश्वव्यापी नियम हो, त्यसैले म छिट्टै मुलुकले निकास पाएर लोकतन्त्रको संस्थागत विकास, शान्ति एवम् स्थिरतासहित विकासले गति लिई देश समृद्धिमा जान्छ भन्नेमा विश्वस्त छु ।”
 
उपराष्ट्रपति पुनले नेपालमा छिटफुट कामबाहेक शान्ति प्रक्रिया सम्पन्न हुनु र संविधान जारी हुनु गर्व गर्न लायक विषय भएको बताउँदै वर्तमान समस्याबाट निकासका लागि राजनीतिक दल र जनता एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । दलहरुले मधेसको समस्यालाई गम्भीरतापूर्वक लिई संवाद गरिरहेकाले छिटो समस्या समाधान हुनेमा आफू ढुक्क रहेको उहाँले बताउनुभयो । “कुनै पनि सङ्घर्ष अनन्तसम्म जाँदैन, एउटा बिन्दुमा पुगेर निकास निस्कन्छ, सहमतिबाटै छिटो निकास होस् भन्ने पक्षमा म छु, संविधान जारी भएपछि मुलुक अप्ठ्यारोमा नपरोस् भन्ने चाहना थियो, तर सोचेजस्तो नहुँदो रहेछ” – उहाँले भन्नुभयो । 
 
नेपाली नागरिकका हैसियतले मुलुकको समस्याका विषयमा यहाँका राजनीतिक दल र नागरिक जस्तै सोच रहेको बताउँदै उहाँले दलहरुलाई तत्काल निकास दिने दिशामा उन्मुख हुन आह्वान पनि गर्नुभयो । क्लबका अध्यक्ष ऋषि धमलाले उपराष्ट्रपति पुनलाई ज्ञापनपत्र हस्तान्तरण गर्नुभएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ