arrow

हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुन्छः भारतीय राजदूत पुरी

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
nepal-india-flag.jpeg

धनुषा । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालमा सञ्चालित भारतीय सहयोगका विकास योजना छिट्टै पूरा हुने बताएका छन् । 

नेपालमा सञ्चालित विकास योजनामध्ये सबैभन्दा महत्वपूर्ण मानिएको हुलाकी राजमार्ग एक वर्षभित्र सम्पन्न हुने उनले बताए । 

भारतीय राजदूत पुरीले भारत सरकारको लगानीमा नेपालका धेरै आयोजना निर्माणाधीन अवस्थामा रहेको बताउँदै निर्माणाधीन अवस्थामा रहेका मध्ये हुलाकी राजमार्ग प्रमुख भएको बताए । 

उनले तराई मधेसका लागि उपयोगी राजमार्गका रुपमा परिचित हुलाकी राजमार्ग निर्माणमा भारतीय सरकारको पनि चासो रहेको बताउँदै आउँदो एक वर्षभित्र हुलाकी सडक सम्पन्न गर्न जोड दिने बताए । 

नेपाल–भारत मैत्री युवा सङ्घद्वारा जनकपुरमा विहिबार आयोजना गरिएको स्वागत एवम् सम्मान कार्यक्रममा २४औँ राजदूतका रुपमा नेपाल आएका पुरीले नेपाल र भारतको सभ्यतालाई जोडेर राख्न जनकपुरधामको महत्वपूर्ण भूमिका रहेको बताउँदै नेपाल र भारतबीचको रेल्वे सञ्चालन आए दुवै देशको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

नेपाल–भारत मैत्री युवा सङ्घका अध्यक्ष तथा सांसद महेन्द्र यादवको अध्यक्षतामा भएको स्वागत एवम् सम्मान कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका सांसद डा विजयकुमार सिंह, दिनेशप्रसाद साहसहितका वक्ताले नेपाल र भारतको सम्बन्धलाई अझ अघि बढाउनुपर्नेमा जोड दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ