arrow

नेपाल प्रहरीमा बायोग्यास प्लान्ट राख्न सम्झौता

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
nepal-police-lago.jpeg
काठमाडौं । नेपाल प्रहरीमा नविकरणीय उर्जा प्रवद्र्धनका लागि ब्यायोग्यास प्लान्ट राख्ने सम्बन्धमा नेपाल प्रहरी र बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल प्रहरीकोतर्फबाट प्रहरी नायव महानिरीक्षक प्रकाश अर्याल र केन्द्रको तर्फबाट कार्यकारी निर्देशक रामप्रसाद धितालले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
 
राजधानीको भृकुटीमण्डपमा शुक्रबार सुरु भएको नवीकरणीय उर्जा प्रवद्र्धन मेलामा बिज्ञान प्रविधि तथा वाताबरण मन्त्रालयका सचिव बिजयकुमार मल्लिक र प्रहरी अतिरिक्त महानिरीक्षक बीरेन्द्रबाबु श्रेष्ठको उपस्थितिमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल प्रहरीका विभिन्न युनिटहरुमा एलपीजी ग्यासको प्रयोग घटाउने र वाताबरणमैत्री तथा सुरक्षित र स्वच्छ नवीकरणीय उर्जा प्रयोगलाई बढाउने उद्देश्यले सम्झौता सम्पन्न भएको हो ।
 
प्लान्ट राख्ने काममा नेपाल प्रहरीले सम्भाव्यता अध्ययन गरी प्लान्ट राख्ने योजना बनाउने र केन्द्रले यसका लागि आवश्यक प्राविधिक सहायता तथा सरकारी नीति बमोजिमको अनुदान उपलब्ध गराउने समझदारीपत्रमा उल्लेख गरिएको छ ।
नेपाल प्रहरीमा जिल्लास्तरमा रहेका युनिट र जनशक्ति धेरै भएको गण, गुल्म, तालिम केन्द्रलगायतका कार्यालयहरुमा ग्यासप्लान्ट राख्ने सम्बन्धमा अध्ययन गरी छिट्टै नै योजना बनाइने भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ