arrow

मौन अवधी अघी नै नुवाकोटमा काँग्रेसलाई रोक्न खोज्यो एमालेले 

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार
nuwakot-district.png

नुवाकोट । सदरमुकाम समेटिएको विदुर नगरपालिका सहित नुवाकोटका नगर र गाँउपालिकाहरुमा नेकपा एमालेका नेता कार्यकर्ताहरु नेपाली कांग्रेसलाई बद्नाम गर्न विभिन्न षड्यन्त्रमा लागेको काँग्रेसले आरोप लगाएको छ ।

एमालेले षड्यन्त्रको शिकार बनाएर नुवाकोट कांग्रेस कार्यकर्तालाई बद्नाम गराउन लागेको काँग्रेसको आरोप छ। नेपाली कांग्रेसको गढको रुपमा रहँदै आएको विदुर नगरपालिकामा एमाले कार्यकर्ताहरुले नेपाली कांग्रेसका जिल्ला सचिव तथा नगरप्रमुख उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारी सहित कांग्रेस कार्यकर्तालाई हातपात गरी उहाँको साथमा रहेको व्यक्तिगत रकम लुट्ने प्रयास गरेको काँग्रेसले आरोप लगाएको छ। 

विदुर नगरपालिका ९ को दशमुरेमा निर्वाचनको प्रचारप्रसार सकेर निवासतर्फ फर्कदै गरेका अधिकारी र उहाँका सहयोगीलाई बिहीबार १० बजे राति एमाले कार्यकताहरुले अवरोध खडा गरेका थिए । निर्वाचन आयोगले बिहिबार राती १२ बाट मात्र निर्वाचनको मौन अवधि तोकेको छ। निर्वाचन प्रचारप्रसार अवधि कायम रहेको बेलामा भएको हर्कतको नेपाली कांग्रेस नुवाकोटले शुक्रबार बिहान एक पत्रकार सम्मेलन गरि भत्सर्ना गरेको छ ।

नेपाली कांग्रेस नुवाकोटले स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका राजनीतिक दलहरु र स्वतन्त्र उम्मेदवारहरुलाई आफ्नो र पार्टीका विचार तथा कार्यक्रमका आधारमा जनताको मत आकर्षण गर्ने स्वस्थ्य परम्परालाई छोडेर आमजनतालाई भ्रमित पार्ने गतिविधिमा केही ठूला दलका कार्यकर्ताहरु नै संलग्न रहनु दुर्भाग्यपूर्ण भएको बताएको छ ।

विचार र कार्यक्रमको आधारमा भयरहित शान्त वातावरणमा निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्ने मान्यता बोकेको पार्टीले मतदाताको स्वतन्त्रतालाई सधैभरी सम्मान गर्ने बताउँदै नेपाली कांग्रेसले अनुचित दवाव  र प्रभाव वा लोभलालच डर,धम्की र त्रासको आडमा आमजनताको मताधिकारलाई प्रभावित गर्ने गलतकार्यको निन्दा पनि गरेको छ । 

नुवाकोट कांग्रेसले आफ्नो पार्टीको वर्चश्व रहेको र विजय सुनिश्चित नै भैसकेको स्थानमा पार्टीलाई बद्नाम गराउन पराजित मानसिकतामा पुगेका पार्टीहरुले षड्यन्त्रमा पारी मतदातालाई भ्रमित पार्न गलत कदमको सहारा लिएको आरोप लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ