arrow

गगन थापालाई हप्काउने दल बहादुर को?

logo
प्रकाशित २०७४ वैशाख २८ बिहिबार
dal-bahadur-ktm30.jpg

काठमाडौं। स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी चटारोले सबैलाई छोपेको छ। चुनावमा उमेद्वारहरु घरदैलोमा पुग्दै गर्दा उमेद्वारहरुको बारेमा समेत टिकाटिप्पणी र चर्चाहरु हुने गरेका छन्। यस्तै चर्चा काठमाडौं महानगरपालिका वडा नम्वर ३० का वडा अध्यक्षका उमेद्वार दल बहादुर कार्कीको हुने गरेको छ। 

कार्कीको बारेमा चर्चा त्यतिकै भएको हैन। वडा नम्वर ३०को चुनावी कार्यक्रममा उनै कार्कीलाई मत माग्न पुगेका सोहि क्षेत्रका सांसद तथा स्वास्थ्यमन्त्री गगन थापाले भनेका कुराले कार्कीको बारेमा धेरैले अनुमान गरेका हुन्।

मैतीदेवीको कार्यक्रममा थापाले भने, 'मलाई दुई जना व्यक्तिले मात्र हप्काउन सक्छन र म ती दुईजनासँग मात्र डराउँछु। ' धेरैले अनेक अड्कल काँटे आफ्नो क्षेत्रको सांसद को सँग डराउँछ र उनलाई कसले हप्काउन सक्दो रहेछ भनेर। भाषणकै क्रममा उनले जवाप पनि दिइहाले मलाई दुईजना व्यक्तिसँग डर लाग्छ र उनीहरुले मलाई हप्काउन पनि सक्छन। मलाई हप्काउन सक्नेमा पहिलो आफ्नो पिताजी र दोस्रोमा दल बहादुर कार्की भएको थापाले सार्वजनिक गरे। 

सानैदेखि अंकल भन्ने गरेको दल बहादुर कार्की आफूहरुलाई हप्काउन सक्ने हैसियतको व्यक्ति भएको र आफूहरुले कतिपय अवस्थामा हप्काइ समेत खाएको मिठो अनुभव थापाले सुनाउँदा कार्कीको हक्की स्वभावको बारेमा धेरैले लख काटे। 

साविकको वडा वम्वर ३२मा वडा प्रतिनिधीको हैसियतदेखि काम गर्दै आएका दल बहादुर कार्की अनेक अवसरहरु आउँदा पनि माथिल्ला पदहरुमा नगइ वडाकै नागरिकहरुको सुखदुखमा समर्पित भएर रहेको थापाले सुनाए। कसैको घरको धारा ढलको समस्या आयो भने घरमालिकलाई भन्दा वढी कुरा वडामा कार्कीलाई हुने गरेको र अप्ठ्यारो पर्दा सबै कार्कीकहाँ नै पुग्ने गरेको सुनाउँदै थापाले भने, ' वडाका लागि दल बहादुर कार्की भन्दा उपयुक्त विकल्प अर्को हुन सक्दैन ।' 

वडा अध्यक्षका उमेद्वार कार्कीले आफूले वडावासीकै हितमा पूर्णकालिन भएर काम गर्ने प्रतिवद्धता जनाएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ