arrow

बसले मोटरसाइलमा सवार दाजु बहिनीको लियो ज्यान

logo
प्रकाशित २०७४ वैशाख २९ शुक्रबार

सर्लाही । सर्लाहीको बाँके जंगलमा सवारी दुर्घटना हुँदै दाजु वहिनीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व गइरहेको ना४ ख ६५३६ नम्बरको बसले बा ८२ प ३६६३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दाजु वहिनीको मृत्यु भएको छ ।

मोटरसाइकल चालक ‘दाजु’ २२ वर्षीय विशाल श्रेष्ठ र बहिनी २० वर्षीया विपना श्रेष्ठको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । लहान नगरपालिका १ का उनीहरुको शव परिवारलाई वुझाउने तयारी गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ