arrow

मोदीले दिए शंकास्पद वक्तव्य : नेपाल भयंकर ठूलो संकटमा, संकट अनिश्चितकालसम्म लम्बिने

logo
हाम्रा कुरा
प्रकाशित २०७२ जेठ ६ बुधबार
modi_news_aa.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भयंकर कठिन अवस्थाबाट गुज्रिरहेको भन्दै यो कठिन अवस्था अनिश्चितकालसम्म लम्बिने बताएका छन् । माेदीले वुद्ध पूर्णीमाको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालको राजनीतिक अस्थिरतामाथि टिप्पणी गरेका हुन् ।

मोदीले हिन्दी भाषामा सम्बोधन गरेको भिडियो समेत युटुवमा सार्वजनिक भएको छ । ३१ मिनेट ११ सेकेन्डको भिडियोको सुरुवातमै नेपालबारे टिप्पणी गरिएको छ । मोदीले भनेका छन्, ‘आज हामी यसरी एक ठाउमा जम्मा भएका छौँ । यो त्रिकोण हो, त्रिवेणी हो । बुद्धले सम्बोधी प्राप्त गरेको दिनको सम्झनामा बुुद्ध पूर्णीमा दिवस मनाउँदै छौँ । जस धर्तीमा भगवान् बुद्धको जन्म भयो । उ हाम्रो प्यारो नेपाल अहिले भयंकर ठूलो संकटबाट गुज्रिरहेको छ । यो यात्रा कति भयंकर हुन्छ त्यसको कल्पना गर्न कठिन छ ।’

मोदीले अगाडि भनेका छन्, ‘कति लामो समयसम्म नेपालका पीडित बन्धुहरुले यस यात्रासँग जुध्नु पर्ने हो । यसको समेत अन्दाज गर्न कठिन छ ।’ यद्यपि, भगवान् बुद्धले जो करुणाको सन्देश दिनु भएको छ । विश्वका मानव जातीका लागि त्यो करुणाको जीउने एक मौका हुनेछ, मोदीले सम्बोधनमा भनेका छन् ।

उनले अगाडि उल्लेख गरेका छन्, ‘त्यही करुणाबाट प्रेरित भई नेपालका पीडित बन्धुहरुका दुःख, दर्द बाडँनु छ । आँशु पुछ्नु छ । र, उनीहरुलाई समेत एक नयाँ शक्ति प्राप्त होस् । यसका लागि पनि हामी आज भगवान् बुद्धको चरणमा परेर प्रार्थना गरिरहेका छौँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ