arrow

आइपीएल रोमाञ्चक मोडमाः पुने धरापमा, पंजाबलाई मौका, हैदराबाद दबाबमा

भर चियर लिडर्सकै

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
cheer-leaders.jpg

कानपुर । भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेट निकै रोमाञ्चक मोडमा पुगेको छ । अन्तिम चरणका खेल बाँकी रहँदासम्म केवल दुई टिमलेमात्र प्लेअफमा पुग्ने अवसर पाएका छन् । 

मुम्बई इन्डियन्स १३ खेलबाट १८ अंकसहित शीर्ष स्थानमा छ । कोलकाता नाइट राइडर्स १६ अंकसहित दोस्रो स्थानमा छ । 
यी दुई टोली शनिबार राति कोलकातामा भिड्दै छन् । विजेता टिम शीर्ष स्थानमा रहेर प्लेअफमा पुग्नेछ । 
मुम्बई विजयी भए शीर्ष स्थानमा रहने छ । कोलकाता विजयी भए मुम्बईले दोस्रो स्थानमा रहेर प्लेअफमा ठाउँ बनाउने छ । 
तर राइजिङ पुने सुपर जाइन्ट, सनराइजर्स हैदराबाद र किंगस इलेभेन पंजाबमध्ये दुई टिमलेमात्र प्लेअफमा ठाउँ बनाउँदा शनिबारको पहिलो खेल पनि निकै रोमाञ्चक हुँदैछ । शनिबार ४ः१५ बजे गुजरात लायन्सले हैदराबादसंग घरेलु मैदानमा खेल्दैछ । 
यो खेलमा गुजरात विजयी भए हैदराबादको प्लेअफ पुग्ने सम्भावना फेरि पुने र पंजाबबीचको खेलबाटै छिनोफानो हुनेछ । हैदराबाद विजयी भए प्लेअफमा ठाउँ बनाउने छ । 
अन्तिम टिमको छिनोफानो आइतबार हुने पुने र पंजाबबीचको खेलले नै टुंगो लगाउने छ । 
यो खेलमा पंजाब विजयी भए पंजाब पनि प्लेअफमा पुग्नेछ । यदि पुने विजयी भए पंजाब बाहिरिने छ । 
शुक्रबार राति भएको खेलमा दिल्ली डेयर डेभिल्ससंग ७ रनले हार्दै पुने शीर्ष दुईमा रहेर प्लेअफ पुग्ने सम्भावना त गुमायो नै भाग्यले धोका दिए बाहिरिनेसमेत सम्भावना छ । दिल्लीसंग हारेसंगै पुने धरापमा छ । 
शनिबारको खेलमा गुजरातलाई जित्नुपर्नेमा डिफेन्डिङ च्याम्पियन हैदराबाद दबाबमा छ । 
अनि पहिल्यै बाहिरिने लाइनमा रहेको पञ्जाबलाई अन्तिम खेल जितेर प्लेअफमा पुग्ने राम्रो मौका रहेको छ । खेल जसले जिते पनि खेल अवधिभर चियर लिडर्सले दिने मनोरञ्जनबाट भने दर्शक लठ्ठ पर्ने गरेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ