arrow

गृहसचिवले भने–चुनाव विथोल्नेको दिवा सपना पुरा हुँदैन

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
Lokdarshan-Regmi_news.jpg

काठमाडौँ। गृहसचिव लोकदर्शन रेग्मीले सरकारका चारवटै सुरक्षा निकाय र निजामति कर्मचारी एक ढिक्का भएर निर्वाचन सफल बनाउन लागिरहेको बताएका छन् ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव रेग्मीले सरकारले निर्वाचनका लागि तीन तहको बलियो घेरामा सुरक्षाको प्रबन्ध मिलाएको जानकारी दिए ।

“गृह प्रशासन गम्भिरताका साथ रातदिन नभनी काम गरिरहेको छ,” उनले भने । सुरक्षा व्यवस्था मिलाएकाले सम्पूर्ण मतदातालाई निर्वाचनमा निर्र्भयताका साथ सहभागी हुन आग्रह गरे । सचिव रेग्मीले निर्वाचनको लागि नै सरकारले मतदान स्थल, मतदान केन्द्रमा पनि विभिन्न क्लष्टर बनाएको जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मोबाइल टिम र स्ट्राइक टिम खटाइने बताए ।

तीन घेरामा सुरक्षा निकायलाई खटाइने र नेपाली सेनाले स्थलगत निरीक्षण गर्ने तथा अतिसंवेदनशील स्थानमा हेलिकप्टरमार्फत नेपाली सेनालाई खटाउने उनको भनाई छ ।

गृहसचिव रेग्मीले मत हाल्न आउँदादेखि मत हालेर घर फर्किदासम्म मतदातालाई सुरक्षाको बलियो व्यवस्था मिलाएको बताए । उनले भने, ‘पैदलमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको हुनेछ, मत हाल्न आउनेदेखि लिएर घर फर्किउनजेलसम्म सरकारले बलियो सुरक्षाको प्रवन्ध गरेको छ ।’

उनले विथोल्न खोज्नेहरुलाई कडा कारबाही गर्ने चेतावनी दिए । गृह सचिव रेग्मीले भनेका छन्, ‘उनीहरुलाई हामी हदैसम्म कारबाही गर्छौं, त्यसैले दिवा सपना नदेखे हुन्छ ।’ उनका अनुसार हालसम्म १७० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ