arrow

बेल्ट एण्ड रोड फोरम सम्मेलनमा सहभागी हुन चीन पुगे अर्थमन्त्री महरा

logo
प्रकाशित २०७४ वैशाख ३० शनिबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

बेजिङ, अजय अलौकिक । पैचिङमा मै १४–१५ तारिख आयोजना हुने  ‘अन्तर्राष्ट्रिय सहकार्यका लागि बेल्ट एण्ड रोड फोरमु शिखर सम्मेलनमा सहभागी हुन उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको नेतृत्वमा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र बहादुर कार्की र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसहितको ८ सदस्य प्रतिनिधिमण्डल मै १३ तारिख शनिबार पैचिङ आइपुगेका छन्।

यसै क्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महरा तथा प्रतिनिधिमण्डलको सम्मानमा पैचिङस्थित नेपाली दूतावासले शनिवार एक रात्रीभोजको आयोजना गरेको छ। सोही अवसरमा उपप्रधान तथा अर्थमन्त्री महराले चीनको बेल्ट एण्ड रोड इनिस्येटिभ बीआरआई अवधारणा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएकोमा खुशी व्यक्त गर्दै उक्त हस्ताक्षरपछि नेपाललाई पूर्वाधार विकास, उत्पादन र लगानी विस्तार, पर्यटन र सांस्कृतिक प्रवर्द्धनका क्षेत्रमा पूँजी, प्रविधि र विज्ञता भित्र्याउन तथा अन्य अवसर जुटाउन ठुलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुका साथै यसबाट जनस्तरको सम्बन्धको आदानप्रदानमा पनि थप बल पुग्ने आशा व्यक्त गरे।

मन्त्री महराले विनाशकारी भूकम्पमा चीनले गरेको सहयोगको स्मरण गर्दै दुःख सुखमा चीनले उदार र खुला ढुङ्गले सहयोग गर्दैआएको बताउँदै उनले नेपाल सरकार र जनताको तर्फबाट नेपालको आर्थिक, सामाजिक विकासमा चीनले पुर्याएको सहयोगका लागि चीन सरकारलाई धन्यवाद पनि व्यक्त गरे। साथै चिनियाँ लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपालको अथाह सम्भावनाबाट लाभ लिन पनि आह्वान  गरेका थिए।

मन्त्री महराको आइतबार ुअन्तर्राष्ट्रिय सहकार्यका लागि बेल्ट एण्ड रोड फोरमु शिखर सम्मेलनमा कनेक्टिभी अफ डेभलपमेन्ट पोलिसिज एण्ड स्ट्राटिजीज सम्बन्धी सत्रमा मन्तव्य राख्ने कार्यक्रम रहेको छ। साथै चीनको सहयोगमा स्याप्रुवेसी रसुवागढी सडक स्तरोन्नती र भूकम्पले विगारेका संरचनाको पुननिर्माणमा सहयोग सम्बन्धी सम्झौता र नेपाल–चीनबीच सीमापार आर्थिक विकाससम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर समेत गर्ने कार्यक्रम रहेको छ।

उक्त रात्रीभोजको अवसरमा राजदूत लीलामणि पौडेलले स्वागत मन्तव्यको क्रममा चीनको बेल्ट एण्ड रोड इनिस्येटिभ बीआरआई अवधारणामा हस्ताक्षरपछि लगानीको बृहत्त ढोका खुलेको बताउँदै अब सहयोगका क्षेत्र तथा परियोजना पहिचान र छनौट गर्ने काम शीघ्र गर्नुपर्ने र त्यसलाई कार्यान्वयन गर्नेलगायतका धेरै जिम्मेवारी थपेको बताए। साथै राजदूत पौडेलले ३० करोड चिनियाँ बौद्धमार्गीलाई लक्षित गरी पर्यटन प्रबर्द्धन कार्यक्रम गर्नलागेको पनि जानकारी दिए।

चीनको यस महत्त्वाकांक्षी योजना बीआरआईमा नेपाल मै १२ तारिख शुक्रबार मात्रै औपचारिक सदस्य बनेको हो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा सचिव शंकरदास बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले शुक्रबार बिहान बीआरआईको ुफ्रेमवर्क सम्झौताुमा हस्ताक्षर गरी उक्त अभियानमा सहभागिता निश्चित गरेको थियो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सन् २०१३ मा घोषणा गरेको बीआरआई अवधारणाले चीन र एसिया, युरोप तथा अफ्रिकाबीच थल र जल मार्गबाट सडक, रेल, भौतिक पूर्वाधार निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य लिएको छ। यस बीआरआई अवधारणामा समुन्द्री तथा स्थल मार्ग गरी हालसम्म ६५ देश चीनसँग जोडिसकेका छन्। अन्य एक सय वटा देश चीनको यस अवधारणामा जोडिन इच्छुक छन्।

यसै अवधारणाअन्तर्गत दुई दिन चल्ने  ुअन्तर्राष्ट्रिय सहकार्यका लागि बेल्ट एण्ड रोड फोरमु शिखर सम्मेलनमा २८ देशका राष्ट्र प्रमुख, मन्त्रिस्तरीय एक सय प्रतिनिधि, त्यतिकै संख्यामा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिसहित १ हजार २ सय प्रतिनिधिहरूले भाग लिंदैछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ