arrow

बिहारमा मतदान हुँदै

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1776253834.jpeg
नयाँ दिल्ली। भारतको पूर्वी राज्य बिहारमा सोमबार निर्वाचनको मतदान जारी रहेको छ। भारतीय विधान सभाको निर्वाचन अन्तर्गत बिहारमा यो पहिलो चरणको निर्वाचन हो। यस निर्वाचनको मतदान सोमबार बिहान सात बजेबाट सुरु भएको हो ।
 
बिहारमा हुने यस विधान सभाको निर्वाचन पाँच चरणमा हुदैछ र सोमबारको यो निर्वाचन पहिलो चरणको हुने छ। यस सभाको निर्वाचन अन्तर्गत पहिलो चरणमा ४९ स्थानमा मात्र निर्वाचन हुन लागेको हो । सोमबार ४९ स्थानका लागि सो निर्वाचन हुदैछ।
 
बिहान सात बजेबाट सुरु भएको सो मतदान साँझ पाँच बजेसम्म जारी रहने छ। यस निर्वाचनमा भारतीय जनता पार्टीलाई बढी भन्दा बढी मात्रामा मतदान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह गर्नुभएको छ।
 
उहाँले सोमबार बिहानै गरेको ट्वीटमा विशेषतः युवाहरुलाई आफ्नो पक्षमा मतहाल्न आग्रह गरेको बताइएको छ। बिहारमा सत्तारुढ दल भारतीय जनता पार्टी र बिहारको दल जनता दल युनाइटेडबीच व्यापक मात्रामा प्रतिश्पर्धा रहेको बताइन्छ।
 
भारतको एक ठूलो प्रान्तका रुपमा रहेको बिहारमा यहाँका मुख्यमन्त्री नितीश कुमारले फेरि अर्को कार्यकालको लागि पनि मुख्यमन्त्रीको दाबेदारी प्रस्तुत गर्नुभएको छ। लालु प्रसाद यादव र नितीश कुमार विशेषगरी भारतीय जनताका पार्टीका विरुद्धमा गठबन्धन तयार गरिरहेका समाचारमा जनाइएको छ।
 
माथिल्लो सदनमा सङ्ख्या बढाउनका लागि बिहारको निर्वाचन विशेषगरी सत्तारुढ दलका लागि ठूलो महत्वको रहेको पाइन्छ। सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ