arrow

उत्तर कोरियाद्धारा फेरि ब्यालेस्टिक मिसाइल परीक्षण

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
north-korea-missile1.jpg

सियोल । उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । जताततै आलोचना भइरहँदा उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । 

उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले बताएको छ । मिसाइल सात सय किलोमिटर परसम्म पुगेको थियो । 

लामो दूरीमा मार हान्न सक्ने मिसाइलको तयारी गरिरहेको पनि उत्तर कोरियाले जनाएको छ । 

उत्तर कोरियासंग वार्ताका लागि दक्षिण कोरिया र अमेरिका पनि तयार हुँदै गर्दा उत्तर कोरियाले भने चुनौती दिंदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ