arrow

भारतीय दूतावास धर्नामा बसेका अधिकारकर्मी पक्राउ

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
काठमाडौ। मानवअधिकार तथा शान्ति समाजले भारतीय नाकाबन्दीका विरुद्ध लैनचौरस्थित भारतीय दूतावास नजिकै शु्क्रबार गरेको धर्नामा प्रहरीले ३५ जना अधिकारकर्मीलाई पक्राउ गरेको छ । 
 
धर्नाका क्रममा प्रहरीले समाजका पूर्व सभापति कृष्ण पहाडी, सभापति गङ्गाधर अधिकारी, महासचिव उत्तम पुडासैनी, कोषाध्यक्ष रेणुका पौडेल तथा अधिकारकर्मी होमकान्त चौलागाईं, कृष्ण कँडेललसहित ३५ जनालाई पक्राउ गरेको हो । 
 
‘पिपुल आर डाइङ, नेपाल गर्भमेन्ट इज इन्ज्वाइङ, बल्केड इज क्राइम, इन्डिया इज इन्ज्वाइङ’ भनी ब्यानरमा सहभागीले प्रदर्शन गरेका थिए । समाजका सचिव गोविन्द खनालले शान्तिपूर्ण धर्नाका क्रममा प्रहरीबाट भएको ज्यादतीको निन्दा गर्दै अविलम्ब उनीहरुलाई रिहाइ गर्न माग गरे । 
 
उनले पक्राउ गरिएका अधिकारकर्मीलाई भृकुटीमण्डपस्थित नेपाल प्रहरी क्लबमा राखिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ