arrow

आइपीएल क्रिकेटमा मुम्बई शीर्ष स्थानमा रहेर प्लेअफमा, पुने र पंजाबबीचको विजेता प्लेअफमा पुग्ने

शाहरुखको कोलकाता शीर्ष दुईमा अटेन  

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
mumbai-top.jpg

पुने । भारतमा चलिरहेको आइपीएल टी–२० क्रिकेटमा मुम्बई इन्डियन्स शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको छ ।

अन्तिम खेलमा कोलकाता नाइट राइडर्सलाई ९ रनले हराउँदै मुम्बई २० अंकसहित शीर्ष स्थानमा रहेको हो । शनिबार राति कोलकातामा भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ५ विकेटको क्षतिमा १७३ रन बनायो ।

अम्बाती रायुडुले ३७ बलमा ६३ तथा सौरभ तिवारीले ४३ बलमा ५२ रन जोडे । 
जवाफमा कोलकाताले ८ विकेटको क्षतिमा १६४ रनमात्र बनाउन सक्यो । मनिश पाण्डेले ३३ बलमा ३३ रन बनाए बाहेक कोलिन डे ग्राण्डहोमले १६ बलमा २९ रन जोडे ।

मुम्बईलाई रोमाञ्चक जित दिलाउने क्रममा टीम साउथी, विनय कुमार र हार्दिक पाण्डेयाले २–२ विकेट लिए । 
यो हारले बलिउड अभिनेता शाहरुख खानको कोलकाताले शीर्ष स्थानमा रहेर पहिलो चरण सकाउने बाटो आफैले भत्काएको छ । कोलकाता प्लेअफमामात्र पुगेको छ ।

अहिलेसम्म डिफेन्डिङ च्याम्पियन सनराइजर्स हैदराबाद दोस्रो स्थानमा छ । हैदराबादको १७ तथा कोलकाताको १६ अंक छ । 
पहिलो चरणका अन्तिम खेल आइतबार हुँदै गर्दा आइतबारको पहिलो खेलमा राइजिङ पुने सुपरजाइन्ट र किंगस इलेभेन पंजाब भिड्दै छन् ।

पुनेको १६ अंक छ भने पंजाबको १४ अंक छ । यो खेलको विजेता नै प्लेअफमा पुग्नेछ । बलिउड अभिनेत्री प्रिती जिन्टाको टिम पंजाबले पछिल्ला दुई खेल जितेर सनसनी मच्याएको छ । 

पहिलो चरणको अन्तिम खेलमा राति ८ः१५ बजे दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् । यो खेलको परिणामले कुनै फरक पार्नेछैन । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ