arrow

काँग्रेस काठमाडौंका मेयर उमेद्वार राजुराजले गरे यट्खा मतदान केन्द्रमा मतदान

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
rajuraj-joshi-kathmandu-vote.jpg

काठमाडौं। नेपाली कांग्रेसबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिएका राजुराज जोशीले काठमाडौंको यट्खा बहालबाट मतदान गरेका छन् । 

बिहानै मन्दिर पुगेर पुजा पाठ गरेपछि उनले ८१ वर्षीय आफ्ना पितालाई साथमा लिएर मतदान गरेका हुन् । उनका दाजु उद्योग मन्त्री नविन्द्रराज जोशीले पनि सोहि मतदान केन्द्रबाट मतदान गर्दैछन। 

मतदानपछि संवाददाताहरुसँग संक्षिप्त कुरा गर्दै जोशीले आफू मेयर भएपछि काठमाडौंका जनताको सेवामा दिनरात नभनी लागिपर्ने बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ