arrow

२५ देखि ४२ प्रतिशतसम्म मतदान

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौँ  । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हालसम्म विभिन्न जिल्लामा २५ देखि ४२ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ। प्रदेश नं ३, ४ र ६ का ३४ जिल्लाको दुई सय ८१ स्थानीय तहको निर्वाचनका लागि बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा मनाङ जिल्लामा सरदर ४२ प्रतिशत, कास्कीमा ३५ प्रतिशत, बागलुङमा ३५ तथा स्याङ्जा र मुगुमा ३० प्रतिशत मतदान भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार कुनै पनि मतदान केन्द्रको मतदान अहिलेसम्म स्थगन भएको छैन। आज दुई सय ८३ स्थानीय तहका लागि मतदान कार्यक्रम रहे पनि दुई स्थानमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले दुई सय ८१ स्थानीय तहमा मात्रै मतदान हुँदैछ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ