arrow

हतियारधारी कार्यकर्तालाई छोड्न केपी ओलीको दवाव

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
Kp-oli-speaking-11017716.jpeg

धार्दिङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धार्दिङमा हतियार सहित पक्राउ परेका १९ कार्यकर्तालाई छोड्न दवाव दिएका छन्। पक्राउ परेका शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा सहित १९ जनालाई छोडन अध्यक्ष ओलीले प्रहरी महानिरिक्षक प्रकाश अर्याललाई दवाव दिएका छन्। 

घरेलु हतियार सहित धार्दिङ सितलीमा पक्राउ परेका शर्मा सहित १९ जनालाई छोड्न ओलीले दवाव दिएपछि धार्दिङका प्रहरी प्रमुख शरद कुमार खत्रीले उनीहरुलाई छोड्ने तयारी गरेपछि अन्य दलका नेताहरुले त्यसलाई अस्विकार गर्दै आएका छन्। 

पक्राउ परेका १९ जनालाई नभएपनि लक्ष्मण शर्मा सहित ७ जनालाई भएपनि छोड्न प्रहरी हेडक्वार्टरबाटै दवाव आएको भन्दै उनले छोड्न तयारी गरेका छन्। 

वुथ कब्जाको नियतले गएकाहरुलाई प्रहरीले छोडेमा चुनावलाई प्रभावित पार्ने भन्दै अन्य दलका नेता कार्यकर्तारुले त्यसको विरोध गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ