arrow

एमालेले दोलखामा प्रहरीलाई कुट्यो, प्रहरीले गोली हान्यो, मतदान स्थगित

वकिल नै आए फर्जी मत हाल्न

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
tamakoshi-gaunpalika.png

दोलखा। अर्काको नाममा मत हाल्न आएका फर्जी व्यक्तिलाई रोक्न खोजेको प्रहरीलाई नै एमाले कार्यकर्ताले कुटेका छन्। एमाले कार्यकर्ताले प्रहरी हवल्दार माथी हातपात गरेपछि दोलखाको तामाकोसि गाउँपालिको शहरेमा स्थिति तनावग्रस्त भएको छ। 

अधिवक्ता समेत रहेका एमाले कार्यकर्ता प्रोन प्रसाद केसी सहित धिरज सुवेदी अभिषेक सुवेदी डवल रोका र विक्रम वुढाथोकीले प्रहरीमाथि हातपात गरेपछि स्थिति तनावग्रस्त भएको थियो। 

प्रहरीले स्थिति तनावग्रस्त भएपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रहरीको गोली लागि एक महिला मैया केसी घाइते भएकी छन्। उनको देव्रे तिघ्रामा गोली लागेको छ। 

स्थिति काबु बाहिर गएपछि मतदान स्थगित भएको स्थानिय पत्रकार रविन्द्र गौतमले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ