arrow

झापाका सांसद ओलीले भक्तपुरमा भोट हाले : भने–अब संविधान कार्यान्वयनको बाटो खुल्यो

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
KP-oli-naya-news.jpeg

भक्तपुर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।

सँगै रहेकी पत्नी राधिका शाक्यले पनि एउटै मतदान केन्द्रबाट मतदान गरिन् । मतदानपछि पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले बीस वर्षपछि भएको स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको यो निर्वाचनले अरू दुई तहको निर्वाचनको बाटो पनि खुलेको बताए । उनले भने, ‘स्थानीय तहको निर्वाचनसँगै संविधान कार्यान्वयन एवम् विकास र समृद्धिको बाटो पनि खुलेको छ ।’

निर्वाचनमा मतदाताको उत्साहजनक सहभागि हेर्दै विकास र अग्रगति जनचाहाना हो भन्ने महसुस भएको ओलीले बताए । ओलीले अब संविधान कार्यन्वयनको बाटो औपचारिक रुपमा खुला भएकोमा जोड दिए ।

झापाबाट सांसद रहेका ओली स्थानिय तहको चुनावमा भने भक्तपुरमा मत हाल्न आइपुगेका हुन् । उनको र उनको परिवारको नामावली  सूर्यविनायक नगरपलिका–२ बालकोटमा रहेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ