arrow

ओली सरकारले काम गर्न नसकेकोमा विजुक्छे असन्तुष्ट

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
Narayanman-Bijukche.jpg.jpeg
नुवाकाेट। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले केपी ओली सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका हुन् ।  पार्टीको जनवर्गीय सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको सूर्यविनायक नगर समितिले शक्रबार गरेको अन्तक्र्रियामा अध्यक्ष विजुक्छेले सरकार भारतसँग निर्भर पेट्रोलियम पदार्थ, इन्धनलगायतको व्यापारको विकल्प खोज्न असफल भएको बताएका हुन् । 
 
“बङ्गलादेशसँग ग्यास र चीनसँग पेट्रोलियम पदार्थ लिने व्यापार सम्झौता गर्न सरकारलाई पटकपटक सुझाउँदै आएका छौँ” उहाँले भन्नुभयो, “तर सरकारले काम गर्न सकेन । जनता झनझन समस्यामा पर्दै आएका छन् ।” अध्यक्ष विजुक्छेले नेपाल सरकारले भारतीय नाकाबन्दीको जवाफ बिजुली आपूर्ति बन्द गरेर दिनुपर्ने सुझाव समेत दिए । उनले नाकाबन्दी हटाउन सरकार अहिलेसम्म अन्तर्राष्ट्रिय अदालत तथा संयुक्त राष्ट्रसङ्घमा जान नसकेकामा आक्रोश पोखेका हुन् । 
 
अध्यक्ष विजुक्छेले पेट्रोलियम पदार्थबाट चल्ने सवारीको ठाउँमा बिजुलीबाट चल्ने सवारी प्रयोगमा ल्याउन ढिलाइ भएको गुनासो गरे ।कार्यक्रमका सहभागीको प्रश्नको जवाफ दिँदै अध्यक्ष विजुक्छेले शिक्षालाई उत्पादन श्रमसँग मिलाएर नलाँदा शिक्षित बेरोजगारमात्रै उत्पादन भइरहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ