arrow

प्रचण्ड र ओलीले हालेको भोटमा नागरिकका प्रश्नै प्रश्न

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
KP-oli-vs-Prachanda.jpg.jpeg

काठमाडौ । पहिलो चरणको निर्वाचन छिटपुट घटना बाहेक शान्तिपूर्ण सकिएको छ । दोलखामा काँग्रेस र एमालेबीच भएको झडप पछि प्रहरीले गोली चलाउँदा नकुल भुजेल र अर्को एक जनाको मृत्यु भएको र अन्य केही घाइते भएका छन् । अन्य केही ठाउँमा समेत केही घाइते भएको समाचार आएको छ ।

आइतबार भएको निर्वाचनमा प्रदेश ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लामा उत्साहजनक मतदान भएको खवरहरु बाहिर आएका छन् । प्रधानमन्त्री पुष्प कमल दाहाल 'प्रचण्ड' र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले गरेको मतदानमा भने सामाजिक सञ्जालमा धेरैले टिका टिप्पणी गरेका छन् ।

प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवाबीच भएको सहमति अनुसार भरतपुर महानगरपालिकामा मेयर माओवादीलाई र उपमेयरमा काँग्रेसका उम्मेदवारलाई भोट दिने सहमति अनुसार प्रचण्डले उपमेयरमा रुख चिन्हमा मतदान गर्नु पर्ने बाध्यता सृजना भएको थियो ।

पहिलो पार्टी हुन्छु भनेर उफ्रिरहेका माओवादी केन्द्र अध्यक्षले नै तालमेल अनुसार नै मतदान गरे भन्दै काँग्रेसको रुखमा मतदान गरेको पृष्टी गरिसकेका छन् । मेयरमा उठेकी छोरी जिताउन प्रचण्डले जुन किसिमको राजनीति गरे यसले अवको दिनमा सिद्धान्त, र जनयुद्धमा लडेका आफ्ना कार्यकर्तालाई बुझाउन के भन्लान ?  उनी बाच्चुन्जेल एउटा दाग हुने निश्चित छ । उनको गरेको राजनैतिक तालमेलले काँग्रेसका कार्यकर्ताले हालेको भोटका कारण उनकी छोरी विजय होलान तर, जीवन भर उनले रुखमा हालेको भोट र आफ्ना छोरीको लागि अभद्र राजनीतिक सहमतिले पोलिरहने छ ।

हुन त राष्ट्रवादीको पगरी गुथ्ने एमाले र राजा फेरी फर्काउनु पर्छ भन्ने राप्रपाबीच समेत काठमाडौ लगायत केही ठाउमा भएको चुनावी तालमेल धेरैले बचाउन भने सकेका छैनन् । कतिले त यो ताममेलले एमाले पनि राजा फर्काउने मुद्धामा सहमति भएको हो त ? भनेर प्रश्न उठाएका छन् ।
 
एमाले अध्यक्ष केपी ओलीले समेत भक्तपुरको बालकोटमा मतदान गर्दै संविधानको कार्यान्वयन सुरु भएको प्रतिक्रिया दिएका छन् । तर, झापामा संसदीय निर्वाचनमा उठेको व्यक्तिले झापा छोडन् लागे भनेर प्रश्न उठाएका छन् । भोट भक्तपुरमा गर्ने अनि झापा गएर उठ्ने भनेर सामाजिक सञ्जालमा प्रश्न पनि धेरैले उठाएका छन् । उनी भक्तपुर वालकोट कै स्थायी बासिन्दा भने हुन् ।

राजनीतिक मुल्य मान्यता भन्दा व्यक्ति केन्द्रीत भएर गरिएका अराजनीतिक गठबन्धनले भने ठुला दलको साख गिरेको अनुमान लगाउन सकिन्छ । भने पाटी र सिद्धान्त प्रति वफादार कार्यकर्ताले पार्टीका उच्चतहका नेताले गरेको गठबन्धनमा प्रश्नै प्रश्न गरेका छन् ।   

सामाजिक सञ्जालमा प्रचण्ड, ओली र देउवालाई कस्ले के भने :

दुईजना बाउहरु शेरबहादुर-प्रचण्ड भरतपुरमा छोरी जिताउँदै, दुई पार्टी कांग्रेस-माओवादीका कार्यकर्ता रुकुममा एकर्अकाको टाउको फुटाउँदै ।  : -ज्ञानेन्द्र खड्का

१) शेर बहादुरले प्रचण्ड पुत्रीलाई मेयर बनाउने । २) प्रचण्डले शेर बहादुरलाई प्रधानमन्त्री बनाउने ३)अनि दुवैमिली जनतालाई उल्लु बनाउने । : -रविन्द्र अधिकारी

प्रचण्ड स्वयंले रुखमा भोट हाले आज, राजनिति भनेको स्वार्थको खेल हो । सिद्धान्त गौण हुन्छ, अब कुनै हन्मानहरुले मेरो/तेरो भनेर झगडा नगरे भो। :- क्षितिज

झापाकासांसद केपी ओलीले त झापा छोडेका हुन की के हो ? भोट त भक्तपुरमा हालेछन त ? कि सांसदले चाहेको जुनसुकै ठाउमा भोट हाल्न पाइन्छ ? अव गएर झापाका जनतालाई के उत्तर देलान ? :-रुद्र गौतम्

सम्माननीय राष्ट्रपती र पूर्व राजा को नजिकिएको सम्बन्ध| अनि एमाले र राप्रपा बिच को चुनाबी तालमेल?| म पनि खराब छु!के के दिमाख मा आउछ के के ? :-मोहन पिएस

प्रचण्ड शेर्बादुर अहिले एकैठाउ नारिएर एकअर्काको लागि भोटमाग्दै हिडेका छन।यस्तो गर्नुथियो त १० बर्ष त्यो नरसंहार किन गरायौ ? जवाफ दिनु पर्दैन? :- नकुल पौडेल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ