arrow

४० हजार कर्मचारीलाई खल्लो लाग्यो चुनाव, मताधिकार प्रयोग गर्न नपाएकामा दुःखी

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
balette.jpg

काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण वातातरणमा सम्पन्न भएको छ । निर्वाचन आयोगले कुल ७१ प्रतिशत मत खसेको जनाएको छ ।

मतदाता उत्साही रहे । निर्वाचनमा खटिएका कर्मचारीहरु भने आफुहरुले मताधिकार प्रयोग गर्न नपाएकामा खल्लो महसुस गरिरहे । स्थानीय तहको निर्वाचनमा जुन ठाउँबाट मतदाता नामावली जारी भएको छ, त्यहीबाट मतदान गर्नु पर्ने भएपछि निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पछुतो मानिरहे ।

निर्वाचन आयोगकै निर्वाचन शिक्षा, तालिम तथा वैदेशिक सम्बन्ध महाशाखा प्रमुख नवराज ढकालले मुख खोलिहाले । उनले भने, ‘पहिलो चरणमा ४० हजार कर्मचारी खटिएका थिए । सुरक्षाकर्मीको संख्या त कति हो कति ? ।’ सम्बन्धित जिल्लाको सम्बन्धित ठाउँबाटै मतदान गर्नु पर्ने भएपछि कर्मचारी मतदान गर्नबाट वञ्चित भए ।

संविधान सभाको निर्वाचनमा भने कर्मचारीले खटिएकै मतदान केन्द्रमा समानुपातिक तर्फ मतदान गर्न पाएका थिए । नेपालमा अहिले ८२ हजार निजामति कर्मचारी र २० हजार स्थानीय निकायका कर्मचारी रहेका बताइन्छ ।

पहिलो र दोस्रो चरण गरी निर्वाचनमा देश भर १ लाख २६ हजार कर्मचारी खटाइएका छन् । राज्य कोषबाट तलब खानेहरुको संख्या ठूलो छ । उनीहरुले मताधिकार भने प्रयोग गर्न पाएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ