arrow

काठमाडौं महानगरको मत गणनाको तयारी तीव्र 

logo
प्रकाशित २०७४ वैशाख ३१ आइतबार
mat_ganana_tayari.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर तथा उपमेयरसँगै ३२ ओटै वडाका अध्यक्ष र सदस्यको मत गणनाको लागि तयारी भटाभट रुपमा चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा रहेको राष्ट्रिय सभागृहमा अहिले पनि कर्मचारीहरुलाई यसको तयारीकै चटारोले पिरोलिरहेको छ । 

सबै तह र तप्काका कर्मचारीहरु अहिले प्रशिक्षणदेखि मतपेटिका मिलाउने अन्य सहायक काममा समेत कर्मचारीहरु तीव्र रुपमा तयारीमा रहेको देखिन्छन् ।

काठमाडौं महानगरपालिकाका निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीका अनुसार महानगरको मतगणना आईतबार नै सुरु हुने सम्भावना कम नै रहेको छ। उनले आफुहरुको कर्मचारी यत्रतत्र छरिएको र उनीहरु आएपछि पनि मत गणनाको लागि तालिम दिनुपर्ने र सबैदलीय निर्णय समेत गराउनुपर्ने भएकोले आईतबार नै मत गणना सुरु हुने सम्भावना कम रहेको उनको तर्क छ। 

यद्यपि यो धेरैको चासोको क्षेत्र रहेको र राजनीतिक दलका उम्मेदवारहरुमा पनि मत गणना छिटो गर्नुपर्ने धारणा रहेकोले भोलि विहान १ बजेसम्म मत गणना सुरु गर्ने तयारीमा महानगरको निर्वाचन समिति रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ