arrow

वेष्ट इन्डिजविरुद्धको टेष्ट क्रिकेट श्रृंखला पाकिस्तानलाई

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
pak-cricket.jpg

डोमिनिका । वेष्ट इन्डिजविरुद्धको टेष्ट क्रिकेट श्रृंखला पाकिस्तानले जितेको छ । तेस्रो खेलमा १०१ रनको जित निकाल्दै पाकिस्तानले श्रृंखला २–१ ले जितेको हो । 

३०४ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिजले २०२ रन बनाउन सक्यो । पाकिस्तानले पहिलो इनिङमा ३७६ रन बनायो । जवाफमा वेष्ट इन्डिज २४७ रनमा रोकियो । 

पाकिस्तानले ८ विकेटको नोक्सानीमा १७४ रन बनाएर इनिङ समाप्ति गर्यो । खेल हारे पनि वेष्टइन्डिजका रोस्टन चेज म्यान अफ द म्याच भए । 

चेजले पहिलो इनिङमा ६९ तथा दोस्रो इनिङमा नटआउट १०१ रन बनाए । त्यस्तै ५ विकेट खसाले । पाकिस्तानी खेलाडि यासिर शाह म्यान अफ द सिरिज भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ