arrow

टोटनह्याम दोस्रो स्थानमा, म्यानचेष्टर सिटी र लिभरपुल तेस्रोको होडमा

म्यानचेष्टर युनाइटेड चौथोसम्मको होडबाट बाहिरियो

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
tottenham-manutd.jpg

ह्वाइट हार्ट लेन । टोटनह्याम हटसपरले इङलिश प्रिमियर लिग फुटबलको दोस्रो स्थान पक्का गरेको छ । 

आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडमाथि घरेलु मैदान ह्वाइट हार्ट लेनमा २–१ को विजयी नतिजा निकाल्दै टोटनह्यामले दोस्रो स्थान पक्का गरेको हो ।

 टोटनह्यामलाई जिताउन भिक्टर वान्यामा र ह्यारी केनले १–१ गोल गरे । म्यानचेष्टर युनाइटेडका लागि वाइने रुनीले एक गोल फर्काए । ३६ खेलबाट ८० अंक भएको छ ।

 उपाधि जितिसकेको चेल्सीको ८७ अंक छ । म्यानचेष्टर युनाइटेडको ३६ खेलबाट ६५ अंक छ । यो हारले म्यानचेष्टर युनाइटेडको शीर्ष चारमा रहने सम्भावना पनि सकिएको छ । तेस्रो स्थानको लिभरपुलको ३७ खेलबाट ७३ अंक छ ।

 लिभरपुलले आइतबार रातिको खेलमा वेष्टह्याम युनाइटेडलाई ४–० ले हरायो । लिगमा ३६ खेलबाट ७२ अंकको म्यानचेष्टर सिटी चौथो स्थानमा छ । 

आर्सनलको ३६ खेलबाट ६९ अंक छ । 

आइतबार रातिको अर्को खेलमा क्रिष्टल प्यालेसले हल सिटीलाई ४–० ले हरायो । 

हल सिटीले हार बेहोरेसंगै अर्को डिभिजनमा झरेको छ । योसंगै रेलिगेशनमा पर्ने टिमको पनि छिनोफानो भएको छ । 

हल सिटी, मिडिल्सब्रो र सन्डरल्याण्ड रेलिगेशनमा परेका छन् ।   
Wanyama wheeled away in celebration with Harry Kane as Spurs got off to the perfect start against Manchester United 

 

Spurs showed no signs of an early hangover having failed to catch Chelsea in the Premier League title raceUnited looked like they could be embarrassed by Tottenham when Kane scored their second goal of the match Wayne Rooney pulled a goal back for the visitors as he latched onto Anthony Martial's ball across goal



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ