arrow

काठमाडौं महानगरको मत पेटिकामा 'राईट टु रिजेक्ट' लेखिएको पर्चा भेटियो

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
mat_ganana.jpg

न्का सठमाडौं । काठमाडौं महानगरपालिकाको १ नं वडाको मतपेटिकामा राईट टु रिजेक्टको माग गरिएको पर्चा भेटिएको छ । आईतबार भएको निर्वाचनको सोमबार मध्याह्न १२ बजेदेखि मत गणना सुरु गर्ने तयारी भईरहेको थियो । 

तर, मत पेटिका खोल्दा एउटा राईट रु रिजेक्ट र राईट टु रिकल लेखिएको पर्चा पनि सँगै भेटिएको काठमाडौं महानगरपालिकाका निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । उनले यो विषयले मत गणनामा केही असर नगर्ने भन्दै केही प्राविधिक त्रुटिका कारणमात्रै अहिले मतगणना सुरु हुन नसकेको स्पष्ट पारे । 

आम मतदाताहरुमा खासै चर्चा नभएपनि  राईट रु रिजेक्ट र राईट टु रिकलको व्यवस्था राख्न वुद्धिजिवीहरुले माग गर्दै आएका छन्। अहिले मतपत्रमा मत दिन मात्र पाइन्छ रिजेक्ट गर्न पाइन्न। तर उमेद्ववारी दिएर मैदानमा खडा भएकालाई पनि रिजेक्ट गर्ने व्यवस्था मिलाउन माग हुँदै आएको छ। साथै निर्वाचित भएर गएको जनप्रतिनिधीलाई पनि फिर्ता वोलाउन सक्ने अधिकार राईट टु रिकलको पनि अहिले माग हुन थालेको छ। यद्यपी यसमा कानुननी हिसावले प्रत्याभुत गर्न सकिएको छैन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ