arrow

काठमाडौं जिल्लामा यस्तो छ तीन पार्टीबीचको मतान्तर

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
ktm-district-election.png

काठमाडौं। देशको राजधानी रहेको काठमाडौं जिल्लामा एक स्थानीय तह बाहेक अरु सबै स्थानीय तहहरुमा मत गणना जारी रहेको छ। जारी अवस्थामा एक स्थानमा नेकपा माओबादी केन्द्रले अग्रता हाँसिल गरेको छ भने ३ ठाउँमा नेपाली काँग्रेसको अग्रता छ। नेकपा एमालेको भने कूल ६ ठाउँमा अग्रता रहेको छ। 

पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसेले ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागार्इंले ४९, नेकपा (माओवादी केन्द्र)का टिआर नेपालले २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक मत प्राप्त गरेका छन्। 

त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले राससलाई जानकारी दिए। उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २५ र राप्रपाकी अञ्जना श्रेष्ठले पाँच मत प्राप्त गरेकी छिन्। 

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकामा ९०० मतको गणना सकिँदा काँग्रेसका उपेन्द्र कार्कीले ४६५, एमालेका कृष्णहरि थापाले ३५६, नेकपा ९माओवादी केन्द्रका महेश्वर फुयाँलले १४५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले १५ मत प्राप्त गरेका छन्। 

यसैगरी, उपप्रमुखमा काँग्रेसका अनिता अधिकारीले ३६९, एमालेका बिन्दु सिम्खडाले २१५, माओवादीका रुकु रणपालले ११८ र राप्रपाका कुस्मा नगरकोटीले २० मत प्राप्त गर्नुभएको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए । 

शङ्खरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठले ६६६, माओवादी केन्द्रका कृष्णराज सुवेदीले ४६०, काँग्रेसका शङ्कर तिवारीले ३४२, स्वतन्त्र उम्मेदवार ठाकुरप्रसाद खनालले १३३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए। उपप्रमुखमा एमालेका शुक्रलक्ष्मी श्रेष्ठ ७१४, माओवादी केन्द्रका इन्द्रकुमारी तामाङ ५१५, नेपाली काँग्रेसका मञ्जु खड्काले २९९ र राप्रपाका बेली तामाङले ७९ मत प्राप्त गरेका छन्। 

बूढानीलकण्ठ नगरपालिकामा एमालेका उद्धवप्रसाद खरेलले ८७९, नेपाली काँग्रेसका राजुराज श्रेष्ठले ५५५, माओवादी केन्द्रका रवीन अधिकारीले २४८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन्। 

यसैगरी, उपप्रमुखमा एमालेका रमादेवी राईले ८७५, काँग्रेसका सुभद्रा खड्काले ५७१, माओवादी केन्द्रका होमकुमारी दुलालले २७३ र राप्रपाका सावित्रा थापाले ४६ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए।  चारैवटा नगरपालिकामा एउटै वडाको पनि मतगणना नसकिएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

टोखामा जारी मतगणनामा नेपाली काँग्रेसका हरिहर अधिकारीले चार सय ६९३ तथा नेकपा एमालेका प्रकाश अधिकारीले ५२६ मत प्राप्त गरेको निर्वाचन अधिकृत दीनबन्धु बरालले जानकारी गराए । 

उप्रमुखमा काँग्रेसकी रजनी थापाले ४८२, एमालेका ज्ञानमाया डङ्गोलले ४९३ मत प्राप्त गरेकी छिन् । कुल २८ हजार एक सय ७४ मतदाता रहेको सो नगरपालिकामा करिब २२ हजार मत खसेको छ । 

एघार वडा रहेको सो नगरपालिकामा प्रमुख र उपप्रमुखसहित ५७ जना निर्वाचित हुनेछन् । प्रमुखमा १४ र उपप्रमुखमा नौ जनासहित दुई ६१ जनाले उम्मेदवारी दिनुभएको छ । यसअघि वडा नं २ र ६ मा दलित महिला सदस्यमा काँग्रेसका प्रतिमा हिडमाङ र दिलमाया विक निर्विरोध निर्वाचित भइसकेका छन् । 

त्यस्तै, नेकपा माओवादी केन्द्रले चन्द्रगिरि नगरपालिकामा अग्रता लिएको छ । त्यस्तै नागार्जुन, दक्षिणकाली र कीर्तिपुर नगरपालिकामा पनि एमालेले अग्रता हाँसिल गरेको छ । भने तारकेश्वर गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता हाँसिल गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ