arrow

रुकुममा १ नगरपालिका २ गाउँपालिकामा माओवादीको अग्रता, मुसिकोटमा कांग्रेसको अग्रता 

logo
गणेश खनाल ।
प्रकाशित २०७४ जेठ १ सोमबार
Rukum_District.png

रुकुम । रुकुममा कांग्रेस र माओवादी केन्द्रविच प्रतिस्पर्धा भएको छ । आइतवार भएको स्थानिय तहको मत गणनामा यि दुई पार्टी विचमा प्रतिस्पर्धा भएको हो । जिल्लाका ६ स्थानिय तहमा भएको मत गणनामा कांग्रेसले १ वडा र माओवादी केन्द्र ३ वडामा विजयको सुरुवात गरेका छन् ।  

माओवादीले केन्द्रले २ गाउँपालिका र १  नगरपालिकामा अग्रता लिएको छ भने, मुसिकोटकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेस र माओवादी बाहेक अरु कुनै पनि पार्टीले परिमाण लिन सकेको छैन । 

दुई गाउँपालिकाका २ वडामा माओवादी केन्द्रको विजय
बाँफिकोट गाउँपालिका १ र सानीभेरी गाउँपालिका १ र २ मा माओवादीका उम्मेदवारहरु विजयी भएका छन । बाँफिकोट गाउँपालिका १ मा नेपाली कांग्रेस, नेकपा एमाले र नयाँ शक्तिको संयुक्त प्यानललाई हराउँदै माओवादी केन्द्रले विजयी सुरुवात गरेको हो । संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार कर्णवहादुर मल्ललाई ५० मतले पराजित गर्दै माआवादी केन्द्रका हर्कु मल्ल वडा अध्यक्षमा विजयी भएका हुन ।

कुल ४ सय ४४ मत खेसकामा हुर्क मल्लले २ सय १८ मत प्राप्त गर्दा संयुक्त प्यानलका कर्णवहादुर मल्लले १ सय ६८ मत प्राप्त गरे । महिला सदस्य बाहेक अन्य सबै पदमा माओवादी केन्द्र विजयी भएको हो । विजयी मध्ये दलित महिला सदस्यमा बुदि कामी, अन्य सदस्यमा काले कामी र बलवहादुर जैसी रहेका छन ।महिला सदस्यमा भने यसअघि नै नेपाली कांग्रेसकी तुली गिरी निर्विरोध निर्वाचित भएकी थिइन ।

त्यस्तै सानीभेरी गाउँपालिका १ र २ मा नेकपा माओवादी केन्द्रका टेकवहादुर पुन धर्म बहादुर पुन विजयी भएका छन ।  वडान १ मा कुल ६ सय ७२ मत खसेकामा माओवादी केन्द्रका पुनले ४ सय ४८ मत प्राप्त गरे भने नेपाली कांग्रेसका खलवहादुर पुनले १ सय ७२ र एमालेका मदन पुनले ८ मत प्राप्त गरे । उक्त वडामा ८ मत बदर भएको छ । सानीभेरी गाउँपालिका वडा नं. २ मा धर्मबहादुर पुन  ४२८ प्रतिद्धन्दी कांग्रेसका रामबहादुर ओली १५३ प्राप्त गरेका छन । 

नगरपालिकाको १ वडामा कांग्रेसको विजय
मुसिकोट २ मा नेपाली कांग्रेसको तर्फबाट सम्पूर्ण प्यानल विजयी भएको छ ।  नेपाली कांग्रेसको तर्फबाट  वडा अध्यक्षमा काशिराम खड्काले २ सय ५० मत अन्तरले विजयी भएका छन । उनले ३ सय ७२ मत प्राप्त गरी विजयी भएका हुन  । भने उनका प्रतिद्धन्दी माओवादी केन्द्रका नरबहादुर खड्काले १ सय २२ मत प्राप्त गरेका छन । भने नेकपा एमालेका हरि केसीले ८९ मत प्राप्त गरेका छन । 

त्यस्तै महिला सदस्यमा इश्वरी खड्काले ३ सय ७० र दलित महिला सदस्य कल्पना बस्यालले ३ सय ५६ मत प्राप्त गरेर विजयी भएको मुख्य निर्वाचन कार्यालय रुकुमले जानकारी दिएको छ । त्यस्तै सदस्यहरुमा खम्वु मल्ले ३ सय ६७ र दिनेश खड्काले ३ सय ८४ मत प्राप्त गरेको जनाएको छ । तस्विर १ मा कासिराम खड्का २ मा हर्कु मल्ल ३ मुसिकोटमा मत गणन गर्दै ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ