arrow

प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिदै, मधेसका नेतालाई सुनाए पीडा

बजेट अन्योलमा

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
PM-_Rajapa.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यसै साता प्रधानमन्त्रीबाट राजीनामा दिने तयारी छन् । प्रधानमन्त्री दाहालले काँग्रेससँग भएको पूर्वसहमति अनुसार नै  जेठ ७ गतेभित्र संसदमा सम्बोधन गरेर राजीनामा दिने सुनाएका छन् । संसद बैठक ४ गते डाकिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले आफु पदबाट राजीनामा दिन लागेको बताएका हुन् ।

बैठकमा सहभागि राजपा अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘प्रधानमन्त्रीले हामीलाई स्थानीय तहको दोस्रो चणको निर्वाचनमा आउन भन्नु भो । उहाँले आफु हुँदै तपाइहरुसँग सहमति होस् भन्ने चाहेको भन्दै आफुले केही दिनमै राजीनमा दिन लागेको सुनाउनु भयो ।’ यद्यपि, नेता महतोले आफुहरुले संविधान संशोधन विना आफुहरु निर्वाचनमा कुनै हालतमा नजाने बताएको र संविधान संशोधनसँग प्रधानमन्त्रीको राजीनामासँग कुनै सम्बन्ध नभएको बताए ।

बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनका सन्दर्भमा छलफल भएको थियो । कुरा गर्दै जाँदा प्रधानमन्त्रीले यसै साता संसद्लाई सम्बोधन गरेर राजीनामा दिन लागेको सुनाए ।

नेता महतोले भने, ‘संविधान संशोधनसँग उहाँको राजीनामाको सम्बन्ध रहेन । हामीले संविधान संशोधन गरे मात्रै चुनावमा जान्छौँ भन्यौँ । सरकार छोड्ने कुरा त काँग्रेस माओवादीको आपसी समझदारीको कुरा हो ।’ दाहालले राजीनामा दिएपछि तपाईहरु सरकारमा जाने हो ? भन्दा उनले भने, ‘हामी सरकारमा जाने कुरै आउँदैन । हाम्रो मूल मुद्दा संविधान संशोधन हो ।’
पहिलो चरणको स्थानीय तहको चुनाव सफल भएको भन्दै प्रधानमन्त्री दाहालले आफ्नो जिम्मेवारी पूरा भएको र यसै साता प्रधानमन्त्रीबाट हट्ने जानकारी दिएको राजपा अध्यक्ष मण्डलका अर्का नेता राजकिशोर यादवले बताए ।

यादवका अनुसार आफूले राजीनामा दिइसकेपछि कामचलाउ सरकारले संविधानले तोकेको जेठ १५ मै नयाँ नीति तथा कार्यक्रम अर्थात् बजेट ल्याउने प्रधानमन्त्री जानकारी दिएका छन् । यद्यपि, बजेटबारे अहिले सम्म अन्योल छ । राष्ट्रिय योजना आयोगले दिएको सिलिङबारे समेत सरकारले सोच्न भ्याएको छैन ।

व्यवस्थापिका संसदमा प्रस्तुत भएको संविधान संशोधन प्रस्तावलाई पारित गर्न आफुले पहल गर्ने बचन पनि प्रधानमन्त्रीले दिएका छन् । बैठकमा राजपा नेपालका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरद शिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव सहभागि भए । महिन्द्र राय यादव भने सहभागि भएनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ