arrow

साढे तीन किलो सालकको खपटासहित दुई पक्राउ

logo
प्रकाशित २०७२ पुष १७ शुक्रबार
images.jpg.jpeg
बनेपा। संरक्षित वन्यजन्तु सालकको तीन किलो ५०० ग्राम खपटासहित दुई जनालाई प्रहरीले आज बनेपास्थित चाँदनीचोक नजिकबाट पक्राउ गरेको छ । सालकको खपटा बेच्नका लागि ग्राहक खोजेर बजारमा हिँड्दै गरेका अवस्थामा उनीहरुलाई सुराकीको आधारमा पक्राउ गरी इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । 
 
प्रहरी नायब उपरीक्षक राजकुमार केसीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा रामेछापको लखनपुर–७ बस्ने ४० वर्षीय प्रेम लामा र काभ्रेपलाञ्चोकको माझिफेदा गाविस–७ बस्ने २३ वर्षीय पेम्वा तामाङ रहेका छन् । अवैध भएकाले यसको निश्चित मूल्य छैन तर यसलाई अन्तर्राष्ट्रिय बजारमा महँगो मूल्य पर्छ प्रहरी नायब उपरीक्षक केसीले भन्नुभयो । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य प्रतिकिलोग्राम रु ५० हजारदेखि दुई लाखसम्म पर्ने जनाइएको छ । 
 
पक्राउ परेकालाई राष्ट्रिय वन्यजन्तु संरक्षण ऐनअन्तर्गत मुद्दा चलाएर कारबाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको सालकको खपटा र अभियुक्तलाई जिल्ला वन कार्यालयमा बुझाउने जनाएको छ । संरक्षित वन्यजन्तु सालक मार्ने वा यसको अङ्ग ओसारपसार तथा खरिद बिक्री एवम् तस्करी गर्नेलाई रु ४० हजारदेखि ७५ हजारसम्म जरिवाना र एकदेखि १० वर्षसम्म कैद सजाय दुवै हुने कानुनी प्रावधान रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ