arrow

हेटौंडा उपमहानगर १ मा भारी मतले पत्रकारको अग्रता

logo
प्रकाशित २०७४ जेठ १ सोमबार
hetauda_sub_metro.png

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको वडा नं १ मा पत्रकार सविन न्यौपानेले अग्रता हाँसिल गरेका छन् । एमालेको गढ मानिने सो वडामा काँग्रेसबाट उम्मेदवारी दिएका न्यौपानेले एक हजार मत गन्दा एमालेका उम्मेदवारलार्इ ७० भन्दा बढी मतले अग्रता हाँसिल गरेका हुन् । अहिले उनले ४ सय २३ मत प्राप्त गरी अग्र स्थान हाँसिल गरेका हुन् । उनका प्रतिद्वन्दी उत्तम शर्मा न्यौपानेले ३ सय ४९ मत प्राप्त गरेका छन् ।

जबकी उपमहानगरको सोही वडामा मत गणना गर्दा नेपाली काँग्रेसको गठबन्धन नै एमाले भन्दा पछाडि छ । पछिल्लो मत परिणाम अनुसार काँग्रेसको ३ सय ९४ मत आउँदा मेयर पदमा उम्मेदवारी दिएका एमाले उम्मेदवारको कूल ४०१ मत आएको छ । 

त्यस्तै, मकवानपुगढी गाउँपालिका १ मा पनि काँग्रेसका उम्मेदवारको प्यानलै विजयी भएको छ । इन्द्रसरोबर गाउँपालिका १ मा भने २ सय ४२ मत गन्दा नेपाली काँग्रेसको प्यानलै अगाडि देखिएको छ । 

उता, एमालेको गढ मानिएको राक्सिराङ गाउँपालिका वडा नं १ मा काँग्रेसका उम्मेदवार नै विजयी भएका छन् । साविकको सरीखेत गाविसमा यस अघि भने एमालेले नै विजय हाँसिल गरेको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ