arrow

हेटौंडा उपमहानगर १ को अध्यक्षमा काँग्रेसी पत्रकार विजयी

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
hetauda_sub_metro.png

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको वडा नं १ को अध्यक्षमा पत्रकार सविन न्यौपाने विजयी भएका छन् । 
एमालेको किल्ला मानिने सो वडामा काँग्रेसबाट उम्मेदवारी दिएका न्यौपानेले १,१४५ मतका साथ वडाध्यक्षमाथि कब्जा गरेका हुन् । उनका प्रतिद्वन्दी उत्तमप्रसाद शर्मा न्यौपानेले १,०३६ मत ल्याए । 

समग्रमा उपमहानगरको मेयरमा काँग्रेस एमालेभन्दा पछाडि रहे पनि सविनले भने आफ्नो कमाल देखाएका छन् । 

उनले जितपछि निकै खुसी लागेको र समाजसेवा गर्ने जिम्मेवारी बढेको बताएका छन् । नेपाल प्रेस युनियन मकवानपुरका उपाध्यक्ष न्यौपाने स्थानियस्तरमा क्रियाशिल र लोकप्रिय पत्रकारको रुपमा परिचित छन्।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ