arrow

काठमाडौं महानगरपालिकामा अब रफ्तारमा मतगणना –निर्वाचन आयोग

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
kathmandu-mahanagarpalika-metro.png

काठमाडौं । निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले काठमाडौं महानगरपालिकामा रफ्तारमा मतगणना गरिने बताएका छन् । 

मंगलबार बिहानसम्म एक ठाउँमा मतगणना भइरहेका अवस्थामा मैनालीले मंगलबार बिहानबाटै दुई ठाउँमा मतगणना भइरहेको बताए । 

उनले भने, ‘प्रमुख निर्वाचन अधिकृतसंग मैले कुराकानी गरिसकेको छु, अब साँझदेखि तीन ठाउँमा मतगणना गर्न सकिन्छ ।’

उनले एक लाख ९० हजार बढी मत खसेको काठमाडौं महानगरको मतगणना चार पाँच दिनमै सकिने दावीसमेत गरेका छन् । 

यही गतिमा मतगणना भए महिनौं लाग्ने देखिन्छ । दुई वा तीन ठाउँमा मतगणना गर्दासमेत कम्तीमा एक महिना लाग्नेछ । 

यसैवीच विहान ९ बजेभित्रबाट नै महानगरको वडा नं. ३२ को पनि गणना थालिएको छ । 

महानगरको वडा नं. १ नक्साल क्षेत्रमा पर्छ भने वडा नंं ३२ कोटेश्वर क्षेत्रमा पर्छ । 

३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र भएको वडा नं. १ मा मतदाताको संख्या ३ हजार ४ सय १६ जना थियो । त्यस्तै १० वटा मतदान स्थल, २१ वटा मतदान केन्द्र र १८ हजार १ सय ३ जना मतदाता रहेको वडा नंं ३२ मा कति मतदाताले मतदान गरे भन्ने संख्या भने प्राप्त हुन सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ