arrow

पहिलो चरणमा राम्रो नतिजा आउँने नदेखेपछि पूर्वमा व्यापक तयारी गर्दै राप्रपा

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
RPP-N111.jpg

भद्रपुर। पहिलो चरणको निर्वाचनमा राम्रो मत नआएपछि स‌ंसद्को चौथो दल राप्रपा पूर्वतिर व्यापक तयारीमा लागेको छ ।  अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि झापाका सबै नगरपालिकाका लागि उम्मेदवार छनोट गरिसकेको  जनाएको छ । पछिल्लो समय झापासँगै पूर्वका सबै जिल्लाहरुमा राप्रपाको व्यापक तयारी चुलिर्इरहेको छ । राप्रपाको पहिलो चरणको निर्वाचनमा अहिलेसम्म एक स्थानमा पनि विजय हाँसिल गर्न सकेको छैन भने अहिले जम्मा ५ स्थानमा मात्रै अग्रता हाँसिल गरेको छ । 

अहिले भद्रपुर प्रमुखमा राप्रपाले नवराज पनेरु र उपप्रमुखमा राधा कार्की, मेचीनगर प्रमुखमा अशोक सुब्बा र उपप्रमुखमा सविना बजगार्इं, कन्काई प्रमुखमा केदार गिरी र उपप्रमुखमा चित्रा श्रेष्ठ, शिवसत्ताक्षी प्रमुखमा उमानाथ दाहाल र उपप्रमुखमा रोजी लुइँटेल, दमक प्रमुखमा राम थापा र उपप्रमुखमा रीता श्रेष्ठ, अर्जुनधारा प्रमुखमा छविलाल लम्साल र उपप्रमुखमा छनोट हुन बाँकी तथा गौरादह प्रमुखमा अमरबहादुर विष्ट र उपप्रमुखमा उम्मेदवार छनोट हुन बाँकी रहेको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए। 

बिर्तामोड–१ मा सबै उम्मेदवार 

महिला राप्रपा झापाले बिर्तामोड नगरपालिका–१ मा सबै उम्मेदवार महिला मात्र बनाएको छ । सोअनुसार वडाध्यक्षमा शारदा रिजाल तथा वडा सदस्यमा मुना विष्ट, सीता काफ्ले, सुचित्रा अधिकारी र मीना विश्वकर्मा उम्मेदवार छन्। 

यसैगरी बिर्तामोड प्रमुखका लागि भक्ति सिटौला र उपप्रमुखमा लीला अनमोललाई उम्मेदवार बनाइएको राप्रपाका महामन्त्री लिङ्देनले जानकारी दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ