arrow

उपत्यकाको दुई महानगरपालिकामा काँग्रेसका उम्मेदवारहरु अगाडि 

logo
प्रकाशित २०७४ जेठ २ मंगलबार
congress-flag3.jpg

काठमाडौं । उपत्यकाका दुई महानगरहरुमा काँग्रेसका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् । केही बेरको मतपरिणाममा दुबैमा एमालेले अग्रता कायम गरेको काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा काँग्रेसका उम्मेदवारहरुले अग्रता कायम गरेका हुन् । 

ललितपुर महानगरपालिकामा अहिले काँग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता लिएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ६२ मतले पछाडि पारेका हुन् । उनले कूल ३००२ मत ल्याएका छन् भने व्यञ्जनकारले मात्रै २९ सय ४० मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

पछिल्लो मतपरिणाम अनुसार काठमाडौ महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीले ३ सय ८२ मत प्राप्त गर्दै एमाले उम्मेद्वारलाई ५८ मतले पछि पारेका हुन् । एमालेका विद्या सुन्दर शाक्यको ३ सय २४ मत रहेको छ । 

वडा नम्बर ३२को मतले काँग्रेस अगाडी आएको हो। कुल गणना गरिएका २५० मत मध्येमा नेपाली कांग्रेसले १३५ मत ल्याउँदा नेकपा एमालेले ३२ मत मात्र ल्याएको छ। यो एमालेको भन्दा चार गुणा धेरै हो। यस्तै विवेकशिल पार्टी ४७ मत, साझा पार्टीका उम्मेदवार किशोर थापाले ११ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रले ८ मत प्राप्त गरेको छ। 

उपमेयरमा काँग्रेसको हरिप्रभा खड्गी श्रेष्ठ ४२९, राप्रपाको राजाराम श्रेष्ठ २१४, माओवादीको शुशिला पौडेलको २१ र साझा पार्टीको निरुपमा यादव १४५ मत रहेको छ। 

१ नम्वरमा भने काँग्रेसको अनपेक्षित कम मत खसेको छ। यद्यपी साझा पार्टीका उमेद्वार किशोर थापाको पारिवारिक नाता भएको क्षेत्र भएका कारण उनलाई वढी मत नक्साल आसपासबाट वढी मत झरेको आँकलन गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ