arrow

म्यानचेष्टर सिटी तेस्रोमा उक्लियो, म्यानचेष्टर युनाइटेड छैटौंमा अड्कियो

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
man-city.jpg

इत्तेहाद स्टेडियम । इंगलिश प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । ३७ औं खेलमा सिटीले वेष्टब्रोमलाई ३–१ ले हरायो । 

त्यस्तै आर्सनल कम्तीमा पाँचौं स्थानमा रहने पक्का भएको छ । सन्डरल्याण्डलाई २–० ले हराएसंगै आर्सनलले चौथो स्थानसम्म रहने सम्भावना छ । 

३७ खेलबाट ९० अंकको चेल्सी शिर्ष, ३६ खेलबाट ८० अंकको टोटनह्याम दोस्रो, ३७ खेलबाट ७५ अंकको म्यानचेष्टर सिटी तेस्रो, ३७ खेलबाट ७३ अंकको लिभरपुल चौथो, ३७ खेलबाटै ७२ अंकको आर्सनल पाँचौं र ३६ खेलबाट ६५ अंकको म्यानचेष्टर युनाइटेड छैटौं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ