arrow

पुने आइपीएलको फाइनलमा, मुम्बई गुल्टियो

हैदराबाद र कोलकाता भिड्दै

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
pune-mumbai1.jpg

मुम्बई । राइजिंग पुने सुपरजाइन्ट भारतमा भइरहेको आइपीएल टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । 
१६३ रनको चुनौति लिएर मैदानमा उत्रेको मुम्बई इन्डियन्सले ९ विकेटको नोक्सानीमा १४२ रन बनाएपछि पुने फाइनलमा पुगेको हो ।

पहिलो क्लालिफायर खेलमा पुनेले ४ विकेट गुमाएर १६२ रन बनायो । 
मनोज तिवारीले ५८ र अजिन्क्या रहानेले ५६ रन बनाए । मुम्बईका ३ विकेट लिएर १६ रनमात्र खर्चेका वासिंटन सुन्दर म्यान अफ द म्याच भए । 

अब पराजित हुने मुम्बईले दोस्रो क्लालिफायरमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्सबीचको विजेतासंग खेल्नेछ । हैदराबाद र कोलकाता बुधबार बैंगलुरुमा राति ८ः१५ बजे खेल्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ