arrow

जाजरकोटको बारेकोट गाउँपालिका प्रमुखमा काँग्रेसका महेन्द्रवहादुर शाह ९ मतले विजयी

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
congress-123.jpg.jpeg

जाजरकोट। स्थानीय तहको निर्वाचनको पछिल्ले मत परिणाम अनुसार जिल्लाको बारेकोट गाउँपालिकाको प्रमुखमा नेपाली काँग्रेसका महेन्द्रवहादुर शाह ९ मतले विजयी भएका छन् ।

प्रतिद्वन्द्वी माओवादी केन्द्रका तिलकबहादुर रावतलाई ९ मतले हराउँदै शाह विजयी भएका हुन् ।  शाहले ३ हजार १ सय  ३८ मत पाएका छन् भने रावतले  ३ हजार १ सय २९ मत पाएका छन् । 

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रकी उमा शाही विजयी भएकी छिन् । उनले  २ हजार २ सय  २४ मत पाएकी छिन् । 

जाजरकोटमा यो सहित नेपाली काँग्रेसले दुई गाउँपालिका जितेको छ भने एमालेले  एक गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको छ । 

कुसे गाउँपालिकामा काँग्रेसका हरिचन्द्र बस्नेत प्रमुख र उपप्रमुखमा काँग्रेसकै रामछाया शाही विजयी भएका थिए। 

अन्य नगरपालिका र गाँउपालिकाको मतगणनाको अवस्था भौगोलिक विकटता र  मौसमी खरावीका कारण बिहानसम्म नआएको  निर्वाचन समन्वय समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ