arrow

ओलीले चुनाव लड्ने झापामा ३१ दल दर्ता

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
Jhapa_District.png

भद्रपुर । एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र रहेको झापामा ३१ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार नेपाल लोकतान्त्रिक फोरम, नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, युनाइटेड ग्रीन अर्गनाइजेसन, मधेसी जनअधिकार फोरम गणतान्त्रिक र तराई–मधेस लोकतान्त्रिक पार्टी लगायत दर्ता भएका हुन् ।

यस्तै दर्ता भएका अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल, नेपाल पिपुल्स पार्टी, राष्ट्रिय शिवसेना पार्टी, नेपाल कम्युनिष्ट पार्टी(माक्सवादी), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी(संयुक्त), सद्भावना पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेलिनवादी), खम्बुवान राष्ट्रिय मोर्चा नेपाल र विवेकशील नेपाली दल छन् ।

नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र), चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माले–जनसमाजवादी), नेपाल सद्भावना पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनजागरण पार्टी नेपाल, राष्ट्रवादी पार्टी नेपाल, कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेलिनवादी), राष्ट्रिय मधेस समाजवादी पार्टी र शान्ति पार्टी नेपाल समेत दर्ता भएको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले जानकारी दिए ।

यही जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सहभागि हुनका लागि जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता भएका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ