arrow

धादिङको विकट गाउँमा झुल्कियो राप्रपा, खोल्यो गाउँपालिकामा खाता 

logo
प्रकाशित २०७४ जेठ ३ बुधबार
RPP-N111.jpg

काठमाडौं। व्यवस्थापिका संसद्को चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको पहिलो चरणको निर्वाचनमा गाउँपालिका तर्फ खाता खोलेको छ। उसले धादिङको विकट क्षेत्रमा पर्ने रुवीभ्याली गाउँपालिकामा प्रमुख तथा उपप्रमुख दुबै पद सहित ३ वटा वडाध्यक्ष समेत जितेको निर्वाचन अधिकृत गंगाबहादुर खरेलले जानकारी दिए। 

आधिकारिक घोषणा हुन बाँकी रहेको सो परिणाम अनुसार राप्रपाका चेतन तामाङले विजय हाँसिल गरेका छन्। उनले निकटतम प्रतिस्पर्धी माओवादीका रामसिंह तामाङलाई पराजीत गरेका हुन्। चेतनको १४ सय ८४ मत आउँदा रामसिंहको ९५३ मत आएको छ। 

त्यस्तै, उपप्रमुखमा राप्रपाकी विना लामा विजयी भएकी छिन्। उनले निकटतम प्रतिस्पर्धी एमालेकी डिलमाया तामाङलाई पराजीत गरेकी हुन्। विनाको कूल १४०९ मत आउँदा प्रतिस्पर्धी अमृता गुरुङको जम्मा ९७२ मत आएको छ।

राप्रपाले सो गाउँपालिकाको ३,४ र ६ नं वडामा वडाध्यक्ष समेत जितेको छ। राप्रपाले अहिलेसम्म यस बाहेक कुनैपनि गाउँपालिका प्रमुखमा विजय हाँसिल गरेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ