arrow

काँग्रेस महामन्त्री शशांककै क्षेत्रमा एमालेका छत्रराजको राज, बने गैँडाकोटको मेयर

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
gaidakot_municipality.png

गैंडाकोट । एमालेले काँग्रेस महामन्त्री शशांक कोइरालाको पडक क्षेत्रमै बाजी मारेको छ । काँग्रेसका महामन्त्री शंशाक कोइरालको निर्वाचन क्षेत्रमै पर्ने गैंडाकोट नगरपालिकामा विजयी भएसँगै एमालेले नवलपरासीमा पनि खाता खोलेको छ ।

एमालेबाट छत्रराज पौडेल मेयरमा विजयी भएका छन् । पौडे्लले काँग्रेस उम्मेदवार गजेन्द्र आलेमगरलाई २ सय २४ मत अन्तरले पराजित गरे ।

मेयरमा विजयी पौडेलले ११ हजार ३ सय २ मत ल्याउँदा आलेमगरले ११ हजार ७८ मत प्राप्त गरे । उपमेयर भने काँग्रेसको हात लागेको छ । काँग्रेस उम्मेदवार विष्णु कंडेलले ११ हजार ५ सय ५५ मत ल्याएर विजयी भए । एमाले उम्मेदवार राधा पाण्डेले १० हजार ४ ५८ मत ल्याइन् ।

काँग्रेस महामन्त्री कोइरालाई निर्वाचित भएको नवलपरासी नम्बर निर्वाचन क्षेत्रमा पर्ने गैंडाकोट काँग्रेसको आधार इलाका मानिन्छ । साविकका ४ गाविसहरु गैंडाकोट, मुकुन्दपुर, अमरापुरी र रतनपुर मिलेर गैंडाकोट नगरपालिका बनाइएको छ ।

निर्वाचन अघि नै नवलपरासीमा क्षेत्र नम्बर १, २ र ३ मा नेपाली काँग्रेस, एमालेबीच टक्कर हुने अड्कल गरिएको थियो । १ नम्बर काँग्रेस महामन्त्री शशांक कोइरालाको प्रभाव क्षेत्र मानिन्छ । वीपी पुत्र शशांक २०७० को संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ