arrow

काठमाडौँमा महत्वको ‘वर्डक्याम्प’ हुँदै

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
wordcamp.jpg

काठमाडौँ । काठमाडौँमा शनिबार विश्व विख्यात वेबसाइट बनाउने र सित्तैमा पाइने (Open source) सफ्टवेर ‘वर्डप्रेस (WordPress)’ सम्बन्धि एक दिने सेमिनार  “वर्ड क्याम्प काठमाडौँ २०१७” हुँदैछ ।

वर्डक्याम्प विश्वव्यापी रुपमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यक्रम हो । नेपालमा  सन् २०१२ देखि नेपालका वर्डप्रेस प्रयोगकर्ता तथा सफ्टवेयर विकासकर्ताहरुको समूह –वर्डप्रेस नेपालद्धारा हरेक वर्ष आयोजना हुँदै आएको छ ।

विश्वका सम्पूर्ण वेबसाईट मध्ये झण्डै ५ मा १ वेबसाईट वर्डप्रेस प्लेटफर्म प्रयोग गरी बनाईएको बताइन्छ ।  यस संस्करणको वर्डक्याम्प माइतीघरस्थित कार्की ब्यान्क्वेटमा आयोजना हुनेछ । एउटा हलमा व्यवहारिक कार्यशाला र अर्को हलमा सामूहिक छलफल एव‌ं विभिन्न विषयका विज्ञको ब्रिफ रहनेछ । कार्यक्रम –वर्डप्रेसमा व्यवसायिक काम गर्दै गरेका र काम गर्न इच्छुक व्यक्ति/कम्पनी, सूचना प्रविधिमा करियर बनाउन खोजेका विधार्थी तथा वर्डप्रेससँग सम्बन्धित व्यक्तिसँग सम्बन्ध निर्माणको लागि उपयुक्त हुने आयोजकपट्टीका अर्जुन सिंह ठकुरीले जानकारी दिए ।

कार्यक्रममा २ सय ५० बढी सहभागि हरने छन् । कार्यक्रममा नेपालका अनुभवी वर्डप्रेस जानकार, केही विशिष्ट विदेशी कम्पनीका वर्डप्रेस विज्ञले समेत अनुभव बाड्ने र विभिन्न विषयमा ब्रिफ गर्ने भएकैले यो संस्करण महत्वपूर्ण हुने बताइएको छ ।

विश्वभर नै विभिन्न मुलुक र शहरमा हरेक वर्ष आयोजना हुने वर्डक्याम्पका विभिन्न संस्करणले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेहरुलाई जोड्ने र  यस क्षेत्रमा आफ्नो पेशा / व्यवसाय शुरु गर्न चाहनेहरुका लागि मार्ग निर्देश गर्ने जानकारी समेत ठकुरीले दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ