arrow

लगानी बोर्डका उपाध्यक्षमा मन्त्री जोशी

logo
प्रकाशित २०७४ जेठ ४ बिहिबार
nabindra-raj-Joshi-congress.jpeg

काठमाडौँ । सरकारले उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई लगानी बोर्डको उपाध्यक्षमा नियुक्त गरेको छ । बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले मन्त्री जोशीलाई आज सो पदमा नियुक्त गर्नुभएको हो ।

उपाध्यक्षमा नियुक्त भएलगत्तै मन्त्री जोशीले लगानी बोर्डलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । विभिन्न मन्त्रालय र निकायसँग समन्वय गरी ठूला पूर्वाधार तथा परियोजना प्रभावकारी ढङ्गले अगाडि बढाउन सशक्त निकायका रुपमा बोर्डलाई स्थापित गर्नुपर्ने मन्त्री जोशीले बताउनुभयो । 

बोर्डको कार्यालय नयाँ बानेश्वरमा आयोजित स्वागत कार्यक्रममा उहाँले बोर्डको काम प्रभावकारी बनाउन लगानी बोर्ड ऐन संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । आफ्नो विज्ञता र विशिष्टतालाई पहिचान गर्दै रोजगारी, राजस्व तथा समग्र अर्थ व्यवस्थामा योगदान पुग्ने गरी लगानी सहजीकरण गर्नुपर्ने उहाँको भनाइ थियो । 

मन्त्री जोशीलाई बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले स्वागत गर्र्दैै बोर्डका समस्या समाधानमा दिलोज्यान दिएर लाग्न मन्त्री जोशीलाई आग्रह गर्नुभएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ