arrow

सञ्जय पण्डितको वकपत्र: सगरमाथाको हेलिप्याडमा किन सरकारी दादागिरी ?

logo
सञ्जय पण्डित, 
प्रकाशित २०७४ जेठ ४ बिहिबार
sanjaypandit-at-sagarmatha.png

काठमाडौं ।  सगरमाथा आरोहण गरेको ४ वर्ष पछि म  नितान्त  व्यक्तिगत ट्रेक गर्ने हिसाबले काठमाडौँ देखि लुक्ला हुदै सगरमाथा बेशक्याम्प  सम्म हेलिकप्टरमा जाने विचार गरे | म लगायत टानका बरिस्ट  उपाध्यक्ष  एबम चर्चित पर्यटन ब्यबसायी  टाशी लाक्पा शेर्पा लुक्ला सम्म हेलीमा गएपछि म नितान्त एक्लो यात्रा गर्नु थियो सगरमाथा आधार सम्म किनकि   उपाध्यक्ष  ज्यु हरु एक हप्ता अगाडी  त्यहि बसेर आएको हुनाले उहाहरु लुक्ला  देखि हेलिमा नै आधार सिबिर जानु भो म फक्दिंग ,नाम्चे बजार हुदै करिब ७ दिनमा सगरमाथा आधार सिबिरमा पुगे अनि सगरमाथालाइ नजिकैबाट नियाल्दै गए |

 मलाइ पनि बिस्तारै हाई अल्टिच्युडले समाइसकेको थियो किनकि मैले आधार सिबिर टच गरि तल गोरक्षप भन्ने ठाउमा  बस्ने योजनमा थिए तर सगरमाथा आरोहण गरेको लाग्दैन भन्ने लाग्यो र त्यहि बस्ने योजनामा रहे | ३ रात सगरमाथा आधार सिविरमा बसेपछि म काठमाडौँ फर्कने योजनामा थिए तर त्यहाँ एउटा अनौठो कुरा देखे त्यहाँ ३ वटा हेली प्याड रहेका थिए | एउटा एच आर ए ,आइ एम जी अनि अर्को सेबेंन समिट हेली प्याड  भन्ने | 

म सेबेंन समिट नजिकै रहेको थिए म काठमाडौँ फर्कने योजना बनाउदै गर्दा करिब २० मिनेट हिड्नु पर्ने अबस्था आयो तर म त्यो हिड्ने मुडमा थिएन किन कि मलाई  हाई अल्टिच्युडले बिस्तारै समाईसकेको र म निकै त्रसित थिए र मैले मेरो टेन्ट देखि २ मिनेट अगाडीको हेली प्याड प्रयोग गर्ने विचार गर्दै गर्दा मैले त्यो पाएँन किनको त्यो हेली प्याड प्रयोग गर्न नदिन नेपाल सरकारले उर्दी जारि गरेको रहेछ प्रयोग गर्न नदिनु नत्र कारबाही हुन्छ भन्ने ,मैले तत्कालै के हि बुज्न सकिन ,सचिब संकर अधिकारी लाइ फोन गर्ने मुड थियो तर निकै बिलम्ब हुन्थ्यो किन कि यो कुरा सुनियोजित रहेछ |

 नेपालको नम्बर एक ट्रेक एजिन्सी सेबेंन समिट ट्रेक सबभन्दा अन्तिममा आफ्नो क्याम्प खडा गरेको रहेछ यो ट्रेक कम्पनिलाइ असफल गराउने उदेस्यले अर्को कम्पनीले नेपाल सरकारलाइ डिस्ट्रब भो भन्दै  निबेदन दिएको रहेछ अनि तत्कालै नेपाल सरकार पर्यटन मन्त्रालय सचिब स्ठतरिय निर्णय गरि उर्दी जारी गरिएको रहेछ  हेली प्याड अर्को प्रयोग गर्नु | कति छिटो अनि कति निर्लज्य निर्णय नेपाल सरकारको | 

नेपाल सरकारलाई थाह छ तपैका सम्पर्क अधिकारी हरु कतिपय नाम्चे सम्म हेलिमा जाने अनि फोटो खिच्ने अनि फर्किने गर्छन अनि कोहि आधार सिबिर सम्म जाने १ रात बस्ने अनि फर्कने गर्छन अनि तपाइलाई कसैले पर्तिसोधको आधारमा निबेदन दियो भन्दैमा अनाख्मा सारा आरोहीहरुको जिबन धरापमा पार्ने जिम्मा कसले दियो ? सचिब जी लाइ थाहा छ कि नाइँ  काठमाडौँ बाट हेलिकप्टर ४५ मिनेटमा सगरमाथा आधार सिबिर पुग्न सक्छ तर म बस्ने क्याम्प बाट तपैहरुले दिएको हेली प्याड सम्म आउन म एक घण्टामा पनि आउन नसक्ने अवस्थामा थिए किन कि म हाई अल्टिच्युडले निकै थालिएको थिए  र अन्य आरोहीको पनि समस्या त्यस्तै थियो त्यस कारणले  प्रर्तिसोध साध्नन भन्दा पनि धेरै पर्बतारोहिको ज्यान बचाउन लाग्न थाल्नुहोस् किन कि तपाइको एउटा  सदरमा  धेरै पर्बतारोहिको ज्यान अकालमा जान सक्छ सबै कुरा बुज्नुस अनि यो भन्दा अगाडी गरेको निर्णय फिर्ता लिदिनुहोस ?

 त्यहाँ अर्को हेली प्याड पनि रहेको छ जुन सगरमाथा आधार सिबिर को मध्य भागमा रहेको छ कोलाहलको हिसाबले यो हेली प्याड सबभन्दा खर्तानाक हुनुपर्ने हो तर सेबेंन समिट जुन आधार सिबिर क्षत्रको अन्तिम भागमा छ जसले कसैलाई नास गर्दैन उसलाई नै एउटा प्रर्तिसोध गराउने उदेस्यले  किन एस्तो प्रहार? मान्छेको ज्यान ठुलो कि तपैहरुको प्रर्तिसोध  यदि हेली प्याडकै कारणले कुनै पर्बतारोहिको ज्यान गयो भने यस्कों जिम्बेबारी को ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ