arrow

नुवाकोटको विदुर नगरपालिकामा एमाले विजयी (जिल्लाको विवरण सहित)

logo
प्रकाशित २०७४ जेठ ५ शुक्रबार
nuwakot-bidur-relult.png

नुवाकोट। स्थानीय तह निर्वाचनअन्तर्गत नुवाकोटको विदुर नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन्।

तेह्रवटा वडा रहेको विदुरमा प्राप्त मतपरिणाम अनुसार प्रमुख पदमा एमालेका उम्मेदवार सञ्जु पण्डित नौ हजार ७१६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार धु्रव अधिकारीले आठ हजार ७४२ मत ल्याएका छन्।

यस्तै, उपप्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार गीता दाहाल अर्याल नौ हजार १२४ मत ल्याएर विजयी भएकिछिन्। उनका निकटतम प्रतिस्पर्धी नेकाका उम्मेदवार गीता अमात्यले नौ हजार मत ल्याउइकिछिन्। उपप्रमुख पदमा २२ मतको मात्र फरक छ।

नुवाकोटमा यसअघि नेकाका उम्मेदवार किस्पाङ, तादी, लिखु, दुप्चेश्वर, सूर्यगढी, शिवपुरी र मेघाङमा गाँउपालिका प्रमुखमा विजयी भएका छन्। तार्केश्वर गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए। ककनी गापामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। अब नुवाकोटमा पञ्चकन्या गाउँपालिका र बेलकोटगढी नगरपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ। रासस

 

विजयी (अध्यक्ष/मेयर)
मेयर : नुवाकोट:-विदुर नगरपालिका    सञ्जु पण्डित (९,७१६)     एमाले
अध्यक्ष : नुवाकोट:-तारकेश्वर गाउँपालिका    रमेश वस्ती (३,६१४)     एमाले
अध्यक्ष : नुवाकोट:-किस्पाङ गाउँपालिका    छत्रबहादुर लामा (२,५६८)     कांग्रेस
अध्यक्ष : नुवाकोट:-तादीगाउँ गाउँपालिका    नारायणप्रसाद पाण्डे (३,०९०)     कांग्रेस
अध्यक्ष : नुवाकोट:-दुप्चेश्वर गाउँपालिका    योविन्द्रसिंह तामाङ (३,७२४)     कांग्रेस
अध्यक्ष : नुवाकोट:-लिखु गाउँपालिका    ध्रुव श्रेष्ठ (२,४२५)     कांग्रेस
अध्यक्ष : नुवाकोट:-मेघाङ गाउँपालिका    आशा तामाङ (२,५२८)     कांग्रेस
अध्यक्ष : नुवाकोट:-शिवपुरी गाउँपालिका    रामकृष्ण थापा (३,८१८)     कांग्रेस
अध्यक्ष : नुवाकोट:-सूर्यगढी गाउँपालिका    शन्तबहादुर तामाङ (३,२००)     कांग्रेस
अध्यक्ष : नुवाकोट:-ककनी गाउँपालिका    मानबहादुर तामाङ लामा (४,५३४)     माओवादी केन्द्र
 

विजयी (उपाध्यक्ष/उपमेयर)
उपमेयर : नुवाकोट:-विदुर नगरपालिका    गीता दाहाल अर्याल (९,१२४)     एमाले
उपाध्यक्ष : नुवाकोट:-तारकेश्वर गाउँपालिका    तारा रिमाल (२,५२७)     एमाले
उपाध्यक्ष : नुवाकोट:-लिखु गाउँपालिका    रोजिना रार्इ (२,०००)     एमाले
उपाध्यक्ष : नुवाकोट:-किस्पाङ गाउँपालिका    मायादेवी न्यौपाने घले (२,३९४)     कांग्रेस
उपाध्यक्ष : नुवाकोट:-तादीगाउँ गाउँपालिका    इश्वरी उप्रेती (३,१५५)     कांग्रेस
उपाध्यक्ष : नुवाकोट:-दुप्चेश्वर गाउँपालिका    अञ्जु आचार्य (३,९४३)     कांग्रेस
उपाध्यक्ष : नुवाकोट:-मेघाङ गाउँपालिका    शान्ति लामा गुरुङ (२,६८२)     कांग्रेस
उपाध्यक्ष : नुवाकोट:-शिवपुरी गाउँपालिका    मञ्जु केसी (३,६७६)     कांग्रेस
उपाध्यक्ष : नुवाकोट:-सूर्यगढी गाउँपालिका    मञ्जु ढकाल (३,०२८)     कांग्रेस
उपाध्यक्ष : नुवाकोट:-ककनी गाउँपालिका    सिता लामा (१,४०६)     माओवादी केन्द्र



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ